नेपालगन्ज २९ मंसिर । आय, स्रोत शिक्षक र विध्यालय व्यवस्थापन र प्रधानाध्यापकहरुका लागी आयोजना गरीएको समाहित शिक्षा सम्बन्धी आधारभुत तालिम शुक्रबार सम्पन्न भएको छ । राष्ट्रिय अपाङ्ग महासघं क्षेत्रिय कार्यालय नेपालगन्ज र सेभ द चिल्ड्रेनको आयोजनामा सहभागीले सपाङ्ग जस्तै अपाङ्गता भएका विद्यार्थीहरुलाई दिईने समाहित शिक्षा प्रभावकारी बन्दै गएको बताएका थिए । सहभागीले व्यवस्थापनको जिम्मा स्थानिय निकायले लिनुपर्ने बताएका छन । प्रदेश नम्बर ५, ६ र ७ का ६४ जना सहभागी तालिमको समापन कार्यक्रममा बोल्दै जिल्ला शिक्षा कार्यलय बाँकेका उप जिल्ला शिक्षा अधिकारी गोरख बहादुर थापाले जिल्लामा खासै कार्यक्रम नभएकाले तालिम लिएकाहरुलाई उच्च मनोबलका साथ अपाङ्गताभएका बालबालीकालाई समेत सपाङ्ग सरह व्यवहार गरेर सक्षम बनाउन आग्रह गरे । अपाङ्गता भएका विद्यार्थिहरु अन्य जस्तै घुलमिल भएर शिक्षा आर्जन गर्न रुचाउने भएकाले उनिहरुको विशेष हेरविचार पुगाउन अनुरोध गरे । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासघं क्षेत्रिय कार्यालय नेपालगन्जका क्षेत्रिय प्रमुख भावुकजगं थापा, प्रशिक्षक रामेश्वर भुजु लगाएतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया