मुखको क्यान्सर एक गम्भीर रोग हो । यसको सबैभन्दा ठूलो कारण एल्कोहल, धुम्रपान र सुर्तीजन्य पदार्थको सेवन हो । क्यान्सर मुखको अन्य भागमा पनि हुन्छ, जसमध्य  बङगाराको हड्डीमा हुने सम्भावना अधिक हुन्छ । बङगाराको हड्डीमा क्यान्सर सेल्स बढ्नाले क्यान्सर हुन्छ । जो मानिस धुम्रपान र सुर्तीजन्य पदार्थ चबाउछन्, उनीहरूमा यसको धेरै खतरा हुन्छ । बङगाराबाट शरीरको विभिन्न भागमा क्यान्सर फैलन सक्छ । यसकारण चाँडो भन्दा चाँडो यसको उपचार गर्नुपर्दछ । बङगाराको हड्डीमा हुने क्यान्सरको लक्षण जान्नुहोस् ।

बङगाराको क्यान्सरको लक्षण

-बङगारामा अधिक दुखाई हुनु

-कुनै पनि चीज खाँदा, बोल्दा र मुख खोल्दा समस्या हुनु

-बङगारा सुन्निनु

बङगारामा हुने क्यान्सरको कारणहरू

सुर्तीजन्य पदार्थ र एल्कोहल

बङगारामा क्यान्सरको हुनुको सबैभन्दा प्रमुख कारण सुर्तीजय पदार्थ र एल्कोहलको सेवन हो । सुर्तीजन्य पदार्थमा रहेको केमिकल र एसिडको सेवनले रोगीलाई यसको बानी बस्ने गर्छ र पटक-पटक खानाले बङगारामा क्यान्सरको सेल्स विकसित हुन्छ ।

एचपीभी(HPV)

बङगाराको हड्डीमा क्यान्सरको एक कारण एचपीभी हो । ह्यूमन पेपोलिमा भाइरस Human papillomavirus (HPV) यौन संचारित भाइरस हो । जो बङगाराको हड्डीमा क्यान्सर हुने ठूलो कारण हो ।

दाँतको समस्या

बङगाराको हड्डीमा क्यान्सर दाँतको समस्याले पनि हुनसक्छ ।

यदी तपाईको दाँतमा दुर्गन्ध वा कुहिएको छ र दाँत भाँचिएको छ भने यसको संक्रमणले क्यान्सरको समस्या हुनसक्छ ।

आहार

शरीरको प्रतिरोधक क्षमता तपाईको आहारमा आधारित हुन्छ । यदी तपाईको आहार स्वस्थ छ भने शरीरले रोगहरू सँग लड्ने शक्ति प्राप्त गर्छ । क्यान्सर जस्ता रोगहरू स्वस्थ आहारको अभावले गर्दा बढ्छ, जसले गर्दा क्यान्सर सेल्सले शरीरमा आक्रमण गर्छ ।

तेज घाम

तेज घामले पनि बङगाराको हड्डीमा क्यान्सर हुनसक्छ । धेरै पटक घाममा बाहिर जाँदा अल्ट्राभायलेट किरण निकै नोक्सानदयाक हुनसक्छ । यसले विभिन्न स्वास्थ्य समस्या हुने खतरा बढ्छ । अल्ट्राभायलेट किरणमा सेलुलर म्यूटेशन हुन्छ, जसले बङगाराको क्यान्सर हुनसक्छ ।

कहिले-काहीँ अन्य रोगहरूका कारणले पनि बङगाराको क्यान्सरको कारण बन्न सक्छ । ल्यूकोप्लाकिया (Leukoplakia) यस्तै एक रोग हो, जसमा मुख र घाँटीमा सेतो दागले हुन्छ । दोस्रो  राइथ्रोप्लाकिया (Erythroplakia) हो जसमा मुखमा रातो दाग हुन्छ ।

तपाईको प्रतिक्रिया