एजेन्सी । आमा एक सन्तानका लागी भगवान हो । त्यो भन्दा अर्को के हुन सक्छ र या भनौ आमा भगवानको अर्को रुप हो । तर यहा त्यही आमा एक रन्तानका लगी कलकं भएकी छिन् । यूक्रेनमा आमा प्रेमी भेट्न गएपछि खान नपाएर एक २३ महिने बालकको मृत्यु भएपछि यो खबर सनसनी फैलियो ।

बिबिसीका अनुसार २३ महिनाको बालक छोडेर प्रेमी भेट्न पुगेकी आमाले घरमा छोराछोरी छोडेको बिर्सिएपछि नौ दिनसम्म खान नपाएर मृत्यु भएको जनाइएको छ । २० वर्षकी आमाले झण्डै तीन वर्षकी छोरी र २३ महिने छोरालाई नौ दिनसम्म खाना बिना फ्याटमा छाडेपछि बालकको मृत्यु भएको हो ।

तीन वर्षकी दिदी आन्या खान नपाएर भाइको मृत्यु भएपछि भाइको शव लिएर तीन दिनसम्म फ्ल्याटमा एक्लै बसेको समाचारमा जनाइएको छ । यो खबरसँगै यूक्रेनमा सामाजिक संजालमा हंगामा मच्चिएपछि राष्ट्रपतिका सल्लाहकार माइकोला कुलेबाले फेसबुकमा यो घटनाबारे जानकारी दिएका छन् ।

भने नौ दिनसम्म खान नपाएकी छोरी आन्याको भने आइसियूमा उपचार भइरहेको छ । बच्चाकी आमा ब्लादिस्लावा पोदचाप्कोले बच्चाको लागि केही चकलेट मात्र राखिदिएकी थिइन् । उनले धेरैदिनसम्म छोडेर गएपछि बच्चाले बाहिर निस्कन नसकेको बताइएको छ ।तर पोदचाप्कोले भने आफ्नो प्रेमी नै पति भएको बताएकी छिन् । र प्रहरीको अनुमान पनि दुई बच्चाको पिता प्रेमी नै रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया