एजेन्सी । मानिसले गरिब र अभावमा जे पनि गर्न पछि पर्दैन भन्ने कुराको उदाहरण बेलाबेलमा देखिए पनि हद नै पार गरेर गरिएका सम्झौता र रहस्य यसरी बेलाबेलामा आउने गरेका छन् ।

जसको पछिल्लो उदाहरण चीनमा देखिएको छ । जहाँ अनलाइनमार्फत उधारो लिने महिलाको नग्न फोटो सार्वजनिक भएपछि हल्लाखल्ला नै मच्चिन पुगेको छ ।

चिनिया समाचार संस्थाहरुका अनुसार १ हज्जार युवतीको नग्न तस्बिर लिक भएको छ ।

जसले अनलाइन मार्फत उधारो लिनका लागि आफ्नो नग्न तस्विर बन्धकी राखेका थिए ।

यि तस्विरहरु चर्चित अनलाइन जिदाइबाओसमेतले प्रकाशित गरेर गोप्यता बाहिर ल्याइदिएका हुन् ।

स्रोतका अनुसार उधारो लिनेमा धेरैजसो विद्यार्थीको उमेर १९ देखि २३ वर्षको उमेर रहेका छन् ।

तपाईको प्रतिक्रिया