एजेन्सी । हाम्रो समाजमा बिशे होस वा प्रेम गर्नका लागी केटी भन्दा केटाको उमेर बढी र उ परिपक्व हुनुपर्छ । तर यसलाई मान्ने पक्षमा छैनन् भारतको बरेलीस्थिती १४ वर्षीय विद्यार्थी र एक २२ वर्षीया शिक्षिका ।

अविबाहित शिक्षिकासँग मिलेर रामवीरका छोराले घरबाट भाग्दा ८ हजार रुपैयाँ नगद र केही सुनका गहना समेत चोरेर भागेको परिवारको भनाई छ । ति शिक्षिका बालकले पढ्ने स्कुलकै मालिककी छोरी हुन् । शिक्षिका र बालक भागेपछि दुवै परिवारले एक अर्कालाई आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका छन् ।

बालकको परिवारले शिक्षिकाको चरित्र राम्रो नभएको भन्दै आफ्नो बाल मष्तिष्क भएको छोरालाई बागार्ने दाबी गरेका छन् भने शिक्षिकाको परिवारले बालकले अपहरण गरेको भनेको छ । तर प्रहरीले भने बालक र शिक्षिका सम्बनधमा रहेको र मिलेमतोमा भागेको बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया