ताजा खबर :- आजको प्रतिस्पर्धात्मक व्यस्त जीवनशैलीका कारण तनाव एक सामान्य समस्या भैसकेको छ । आफ्नो इच्छा अनुसार काम नहुनु, कुनै प्रतियोगितामा असफल हुनु, सबैभन्दा अगाडी बढ्न चाहनु, प्रेम सम्बन्ध, आत्मबलको कमजोरी, शारीरिक कमजोरी, खान अरुचि हुने, उदासीनता, हिनताबोध, अनिन्द्रा आदि यस्ता कयौँ कारण छन्, जसले डिप्रेशनको समस्यालाई उत्पन्न जगाउँछ । यस अवस्थामा कुनै पनि काममा मन लाग्दैन र ऊर्जाहीन महसूस हुन्छ । डिप्रेशनको कारणले हाम्रो जीवनशैली मात्र नभई शरीरमा विभिन्न किसिमको पोषक तत्वको कमी पनि यसको प्रमुख कारण हुनसक्छ । आज हामी चर्चा गर्दैछौँ, ती कुन पोषक तत्व हुन् जसको कमीले डिप्रेशनको समस्यातर्फ धकेल्छ ।

१- आइरनको कमि

शरीरमा आइरनको कमीले एनिमिया रोग हुनसक्ने सम्भावना अधिक हुन्छ । यस अवस्थामा जुन लक्षण देखिन्छन् ती डिप्रेशनको पनि लक्षण हुन्छन् । यस अवस्थामा थकान र चिडचिडापन महसूस हुन्छ । प्रायजसो महिलाहरूमा आयरनको कमी देखिन्छ ।

२- भिटामिन डी

सुर्यको प्रकाश भिटामिन डी को प्रमुख स्रोत हो । यसको कमीले डिप्रेशनको साथै आटिज्म र डीमेन्सिया जस्ता रोग हुने सम्भावना प्रबल हुन्छ । यसकारण भिटामिन डी ले भरिपूर्ण आहारको सेवन गर्नुपर्दछ र हरेक दिन बिहान केही समय सुर्यको प्रकाश ताप्ने गर्नुपर्छ । जसले भिटामिन डी को कमी पुरा गर्छ ।

३- फोलेट

शरीरमा फोलेटको कमि हुँदा डिप्रेशनको औषधीले पनि असर गर्दैन । यसकारण डिप्रेशन रोगीलाई औषधी दिँदै गर्दा चिकित्सकले उनीहरूलाई फोलेटले भरिपूर्ण डेप्लिन नामक औषधी खाने सल्लाह दिन्छन् । शरीरमा फोलेटको कमी पुरा गर्नको लागि हरियो सागपात र भिटामिन सी ले भरिपूर्ण फलफूलको जूसको सेवन गर्नुपर्दछ ।

४- म्याग्नेशियम

मस्तिष्कले सही तरिकाले काम गर्नको लागि म्याग्नेशियमको आवश्यकता पर्दछ । शरीरमा यसको कम मात्राले टाउको दुख्ने, अनिन्द्रा र तनाव जस्ता समस्या हुनथाल्छ ।

५- आयोडिनको कमी

आयोडिनको कमीले थायराइडको कार्यप्रणालीमा समस्या शुरू हुनथाल्छ । जसको कारण शरीरको अन्य अङ्गमा नकारात्मक असर पर्छ । यसले हाम्रो शरीरको तापक्रम, प्रतिरक्षा प्रणाली र मस्तिष्क प्रणालीमा खराब प्रभाव पार्छ । आयोडिनको कमीले मानसिक स्वास्थ्य निकै प्रभावित हुन्छ । आयोडिन युक्त आहारको सेवनले यी समस्याबाट छुटकारा मिल्छ ।

तपाईको प्रतिक्रिया