इलाम —प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनाका लागि इलाममा मतगणना सुरु भएको छ । मतगणनाका लागि इलामको नवनिर्मित मालपोत कार्यालयमा व्यवस्थापन गरिएको छ । मतगणनास्थलमा तारबारको व्यवस्थापन गरिएको छ । तीन मतदान केन्द्रको बढीमा तीनवटा मतपेटिकामा भएका मतपत्र मिलाएर गणना गर्ने बताइएको छ ।

इलाम जिल्लामा दुई प्रतिनिधिसभा, चार प्रदेशसभा क्षेत्र रहेका छन् । क्षेत्र नं १ र २ को छुट्टाछुट्टै मतगणना कार्यको व्यवस्था मिलाइएको छ । दुई लाख चार हजार ४६ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभामा दुई क्षेत्रमा विभिन्न राजनीतिक दलका १८ र चार प्रदेशसभा क्षेत्रमा ३३ गरी ५१ जना उम्मेदवारले मनोनयन गरी चुनावी मैदानमा रहेका छन् ।

तपाईको प्रतिक्रिया