काठमाडौं : मंसिर १० मा सम्पन्न पहिलो चरण निर्वाचनको मतगणना सुरुभएसँगै पछिल्लो परिणाम आउने क्रम जारी रहेको छ । जसमध्येको सबैभन्दा बढी चासोका साथ हेरिएको गोरखा दुईको पछिल्लो अपडेट पनि सार्वजनिक भएको छ । जहाँ पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो मत परिणाम अनुसार बाबुराम भट्टराईले १७ सय ८९ मत ल्याउँदा नारायणकाजी श्रेष्ठले १८ सय २४ मत ल्याएका छन् । यहाँ यि दुई नेताहरुबिच तिब्र प्रतिस्पर्धाका कारण अगाडी पछाडी भएर परिणाम आउने क्रम जारी छ ।

तपाईको प्रतिक्रिया