ताजा खबर:- इमलीको खट्टो-मिठो स्वादले यसलाई विशेष बनाउँछ । यसको प्रयोग अचार बनाउनको लागि वा कुनै पनि खानामा खट्टो स्वाद ल्याउनका लागि गरिन्छ । भिटामिन सी, ई र बी को भरिपूर्ण स्रोत इमलीमा यसको साथै फोस्फोरस, आइरन, मैंगनीज र फाइबर जस्ता पोषक तत्व पनि पाईन्छ । शरीरको विभिन्न पोषण सम्बन्धि आवश्यकतालाई पुरा गर्नका लागि इमलीलाई प्रयोगमा ल्याउने गरिन्छ । इमलीको फल, बोक्रा र पातको पनि औषधीय महत्व हुन्छ । इमलीको पात विभिन्न किसिमको गम्भीर रोगहरूको उपचारमा उपयोगी हुन्छ । इमलीको पातको प्रयोगले शुगर, डायबिटीज, मलेरिया र अल्सर जस्ता समस्याहरूलाई निको पार्न सकिन्छ । इमलीको पातको औषधीय गुणले कुन-कुन रोगहरूको उपचारमा उपयोगी हुनसक्छ, जसको बारेमा यसरी चर्चा गरिएको छ ।

मलेरिया- इमलीको पात मलेरिया रोक्नका लागि निकै उपयोगी हुन्छ । इमलीको पातले अर्क प्लास्मिडियम फाल्सिपेरमको विकासलाई रोक्छ, जुन मलेरियाको मुख्य कारण हुन्छ ।

स्कर्भी रोगको उपचार- इमलीको पातमा प्रयाप्त मात्रामा भिटामिन सी पाईन्छ । यसकारण स्कर्भी रोगको उपचारमा निकै लाभकारी हुन्छ । इमलीको पातमा उच्च एस्कोर्बिक एसिड सामग्री हुन्छ, जो एन्टी-स्कर्भी भिटामिन के रूपमा कार्य गर्छ ।

एन्टी-सेप्टिक गुणले भरिपूर्ण- इमलीको पात एन्टी-सेप्टिक गुणले भरिपूर्ण हुन्छ । इमलीको पातको रसले घाउलाई चाँडो निको पार्ने क्षमता राख्छ । यसको पातको रस हरेक किसिमको संक्रमणलाई रोक्न प्रभावकारी हुन्छ । नयाँ कोशिकाहरूको निर्माणमा पनि यसको महत्वपूर्ण भूमिका हुन्छ ।

अल्सर- इमलीको पातको रस अल्सरको लक्षणबाट आराम दिलाउन मद्दत गर्छ । अल्सरमा हुने असहनीय दुखाईबाट आराम दिलाउन इमलीको पातको रस निकै लाभकारी हुन्छ ।

डायबिटीज- इमलीको पात खाँदा शरीरमा ग्लूकोजको स्तर नियन्त्रित रहन्छ । यसबाट इन्सुलिनको सेंसिटिभिटी पनि बढ्छ । यसकारण डायबिटीज रोगमा पनि यो निकै लाभकारी हुन्छ । जन्डिसमा यसको सेवन निकै फाइदाजनक हुन्छ ।

तपाईको प्रतिक्रिया