ताजा खबर:- लौका लगभग हरेक घरमा पाक्ने सब्जी हो । सब्जीको साथै बर्फी, हलुवा, रायता बनाउनका लागि पनि यसको प्रयोग गरिन्छ । यसमा विभिन्न किसिमको पोषक तत्वको भण्डार हुन्छ । कयौँ किसिमको गम्भीर रोगहरूको उपचारको लागि औषधिमा निर्भर रहने मानिसहरूलाई प्रायजसो घरमै बनाईने सब्जीहरूको औषधीय गुणको बारेमा जानकारी हुँदैन । लौका एक यस्तो सब्जी हो, जसलाई हरेक घरमा पकाउने गरिन्छ तर अधिकांश मानिसहरूले लौका रुचाउने गर्दैनन् । जब यस्ता किसिमका मानिसलाई लौकीको फाइदा बारेमा जानकारी हुन्छ, तब उनीहरूले भूलेर पनि आफ्नो आहारबाट लौका हटाउने कोशिश गर्ने छैनन् । आज हामी केहि यस्ता लौकाको फाइदाको बारेमा जानकारी गराउँदैछौँ, जसको जानकारी राख्न अति आवश्यक हुन्छ । यसले तपाईलाई कयौँ स्वास्थ्य समस्याबाट जोगाई राख्न मद्दत गर्छ ।

तनाव कम गर्छ- लौकामा प्रशस्त मात्रामा पानी हुन्छ । यसले शरीरलाई ताजा राख्छ, जसले तनावबाट मुक्ति दिलाउँछ । यसमा कयौँ यस्ता पोषक तत्व हुन्छ, जसले शरीरलाई मानसिक रूपमै स्वस्थ राख्छ, जसले तनाव र चिन्ता जस्ता समस्याहरूबाट आराम दिलाउँछ ।

मधुमेह- हरेक दिन बिहान खाली पेट लौकाको जूस पिउँदा मधुमेहको रोगीहरूलाई निकै आराम मिल्छ ।

अनिन्द्राको समस्याबाट आराम- अनिन्द्रा आजको व्यस्त जीवनशैलीको कारणले हुने एक गम्भीर रोग हो । जो पछी गएर मोटोपन, डिप्रेशन जस्ता कयौँ रोगहरूलाई निम्त्याउँछ । यस्तो अवस्थामा लौकाको जूसले अनिन्द्राको समस्याबाट आराम दिलाउँछ । लौकाको जूसमा तिलको तेल मिलाएर पिउँदा अनिन्द्राको समस्याबाट निकै हदसम्म आराम दिन्छ ।

चम्किलो अनुहारको लागि- लौकाको सेवनले पेटको भित्री सफाई हुन्छ । यसले अनुहारको चमक बनाई राख्छ । घाम-धूलो आदिको प्रभाव अनुहारमा बढी समय रहँदैन । अनुहारको त्वचा कोमल र सुन्दर बनिरहन्छ ।

पाचन प्रक्रियामा सुधार- लौकाको जूसमा निकै मात्रामा फाइबर पाईन्छ । यो पाचन सम्बन्धि हरेक समस्याको राम्रो निवारण हो । एसिडिटी, कब्जियत आदि समस्याहरूमा लौकीको जूस पिउनु निकै लाभकारी हुन्छ ।

तपाईको प्रतिक्रिया