ताजा खबर:- अधिकांश मानिस बिहान उठ्ने बित्तिकै चिया पिएर दिनको शुरुवात गर्छन् र यसैगरी कतिपय मानिस बिहान जूस पिउने बानी गर्छन् । ७-८ घण्टाको प्रयाप्त निन्द्रा पुरा गरिसकेपछी बिहान-बिहान खाली पेट के खान हुन्छ र के खान हुँदैन, यसको बारेमा सबैले जानकारी राख्न निकै आवश्यक हुन्छ । किनकी धेरै आहार यस्ता हुन्छन्, जसलाई खाली पेट सेवन गर्दा शरीरलाई नोक्सान पुर्याउँछ । हामी यिनलाई फाइदाको रूपमा खाने गर्छौँ तर यी शरीरको लागि नोक्सानदायक खाद्य हुने गर्छ । यसकारण यदि तपाई यसो चाहनुहुन्न भने तपाईलाई यो जानकारी हुन् आवश्यक हुन्छ कि कुन आहार खाली पेट सेवन गर्न मिल्छ र कुन आहार खाली पेट सेवन गर्न मिल्दैन । चिकित्सकका अनुसार आज हामी यस्ता ७ आहारको बारेमा चर्चा गर्दैछौँ, जसलाई खाली पेट खान हुँदैन नत्र यसले रोग उत्पन्न गर्न सक्छ ।

चिया- बिहान उठ्ने बित्तिकै चियाको चुस्की लिने मानिसहरू थोरै सावधान हुन आवश्यक हुन्छ । चियामा पाईने कैफिनले एसिडलाई बढाउँछ । यसले पाचन प्रणालीमा समस्या उत्पन्न गर्नसक्छ ।

केरा- केरालाई पनि खाली पेट खान हुँदैन । खाली पेट केराको सेवनले शरीरमा म्याग्नेशियमको मात्रा निकै बढ्छ, जसको कारणले शरीरमा क्याल्शियम र म्याग्नेशियमको मात्रामा असन्तुलन आउँछ ।

खुर्सानी- बिहान-बिहान या दिनको कुनै पनि समय खाली पेट खुर्सानी खाँदा ग्यास्ट्रिकको समस्या उत्पन्न हुनसक्छ । खुर्सानीको सेवनले पाचन प्रणालीलाई निकै नोक्सान पुर्याउँछ । यसको कारणले छाती पोल्ने जस्ता समस्या शुरु हुन्छ ।

टमाटर- टमाटरमा एसिड निकै अधिक मात्रामा हुन्छ, यसकारण यदि यसलाई खाली पेट सेवन गरेमा यो नोक्सानदायक हुनसक्छ । खाली पेट टमाटर सेवन गर्दा पत्थरीको कारण पनि बन्न सक्छ ।

औषधि- प्रायजसो चिकित्सकहरू सल्लाह दिने गर्दछन् कि खाली पेट औषधि सेवन गर्नुहुँदैन । खाली पेट औषधि खाँदा पेटमा एसिडको समस्या हुने गर्छ, जसले शरीरमा एसिडको असन्तुलन उत्पन्न हुन्छ । यसकारण यो शरीरको लागि नोक्सनदयाक हुन्छ ।

मसालेदार भोजन- बिहान-बिहान कहिलै खाली पेट मसालेदार भोजन खाने कोशिश गर्नुहुँदैन । यसो यसकारण किनकी यसमा नेचुरल एसिड हुन्छ, जसले पेटको पाचन प्रक्रियालाई बिगार्छ ।

खट्टो फल- खट्टो फलमा फ्रूट एसिड हुन्छ । यसकारण यसलाई खाली पेट खान हुँदैन । खाली पेट खट्टो फल खाँदा पेटमा एसिडिटी हुन्छ र ग्यास्ट्रिक अल्सर हुने खतरा पनि रहन्छ । खट्टो फलमा फाइबर र फ्रक्टोज हुनुको कारण पाचन क्रिया सुस्त हुन्छ । 

तपाईको प्रतिक्रिया