ताजा खबर:- प्रविधिको विकासको यस क्रमले मानिसहरूको आँखामा ठूलो दुष्प्रभाव छोडेको छ । टेलिभिजन, ल्यापटप, कम्प्युटर, स्मार्टफोन आदिको बढी समय प्रयोग गर्नाले मानिसहरूको आँखाको रोशनी कम उमेरमै कमजोर हुन्छ । एकदमै कम उमेरको मानिसको आँखामा चश्मा लगाउनुपर्ने आवश्यकता पर्दछ । आँखाबाट चश्मा हटाउनका लागि आफ्नो आहारमा थोरै परिवर्तन ल्याउन आवश्यक हुन्छ । आज हामी यस्ता आहारको बारेमा चर्चा गर्दैछौँ, जसलाई यदि नियमित आफ्नो आहारमा समावेश गरेमा आँखाको रोशनी तेजिलो हुन शुरु हुन्छ ।

हरियो सागसब्जी- फलफूल र हरियो सागसब्जीमा केरोटीन नामक तत्व पाईन्छ । जसले आँखाको रोशनी तेजिलो बनाउनका लागि मद्दतगार हुन्छ । विशेषज्ञहरूको अनुसार हरियो सागसब्जीमा पाईने प्राकृतिक केरोटिनोइड आँखामा सकारात्मक असर पार्छ । यो बढ्दो उमेरको कारणले हुने नजरदोषलाई पनि कम गर्ने काम गर्छ ।

भिटामिन्सको सेवन- भिटामिन ए, सी र ई युक्त आहारको सेवन गर्नाले रेटिनामा बढ्दो उमेरको असर हुँदैन । यसले मोतियाबिन्दु हुनसक्ने आशंकालाई कम गर्छ । यी आहारको सेवनले रोशनीको क्षमतामा कहिले कमी आउँदैन ।

बदामको सेवन- राती भिजाएर राखिएको बदामलाई बिहान खानु आँखाको लागि निकै फाइदाजनक हुन्छ । यसको साथै यसले स्मरण क्षमतालाई पनि बढाउँछ । यसकारण यदि तपाई आँखाको रोशनी बढाउनुको साथ-साथै स्मरण शक्ति पनि तेजिलो बनाउन चाहनुहुन्छ भने नियमित रूपमा भिजाएको बदामको सेवन गर्नुहोस् ।

अखरोटको सेवन- अखरोटमा ओमेगा 3 फ्याटी एसिड्स भरिपूर्ण मात्रामा पाईन्छ । अखरोटमा पाइने भिटामिन ई र फ्याटी एसिड्स आँखाको स्वास्थ्यका लागि अत्यन्त आवश्यक हुन्छ । आँखाको रोशनी बढाउनका लागि आहारमा अखरोट अवश्य समावेश गर्नुहोस् ।

इलायचीको सेवन- इलायचीको नियमित सेवनले आँखालाई आराम मिल्छ र आँखाको रोशनी पनि बढ्छ । इलायची र सौफलाई पिसेर बनाइएको पाउडरलाइ चिसो दूधमा मिलाएर पिउँदा आँखाको रोशनी बढ्छ ।

तपाईको प्रतिक्रिया