काठमाडौँ, २१ मंसिर (रासस) : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले मुलुकमा निर्वाचन सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिएको छ । पार्टीका महामन्त्री राजाराम श्रेष्ठले आज साँझ जारी गरेको विज्ञप्तिमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा उल्लासपूर्ण सहभागी भएका सम्पूर्ण मतदातालाई समेत धन्यवाद दिइएको छ विज्ञप्तिमा पार्टीको संविधानमा केही असहमति भए पनि चुनावका माध्यमबाट जनताको विश्वासका साथ असहमत भएका विषयवस्तु परिमार्जन गर्न सकिने विश्वास गर्दै संविधान कार्यान्वयनका साथ मुलुकमा राजनीतिक स्थिरता कायम गरी जनतालाई समृद्ध बनाउन आज सम्पन्न निर्वाचन महत्वपूर्ण भएको जनाइएको छ । यसैगरी राप्रपाका प्रवक्ता भुवन पाठकले विज्ञप्तिमार्फत चुनाव सम्पन्न गराउन जनताले देखाएको उत्साहपूर्ण सहभागिताको सराहना गर्नुभएको छ । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का सहमहामन्त्री प्रदीपविक्रम राणाले आज सम्पन्न चुनावले देशमा भइरहेको राजनीतिक अन्योलको अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्र गर्दै आयोग र जनतालाई धन्यवाद दिनुभएको छ ।

तपाईको प्रतिक्रिया