२२ गतेदेखी मोफसल यात्रामा निर्माण टिम काठमाडौं । १९९० सालमा पनि नेपालमा ठूलो विनाशकारी भुकम्प गएको थियो रे । हामीले बाजे बराजुबाट सुन्दै आएको कुरा हो यो । तर १९९० को ताका प्रविधीको यति विकास भएको थिएन र ती समाचार प्रत्यक्ष देख्नेले भनेकै भरमा हामीले कल्पित गरिरहेका थियौं । त्यसै बिचमा २०७२ साल बैशाख १२ गते नेपालमा महाभुकम्प गयो । हामी सबैले भोग्यौं । यसको विभिन्न भिडियो तथा समाचारहरु सामजिक सञ्जालमा छरपष्ट भयो ।

विनाशकारी भुकम्पले सबै संरचनाहरु द्धस्त बनायो । १९९० सालको जस्तै पछिल्लो पिँढीलाई हामीले कथा सुनाउनु पर्ने छैन किनकी अहिले प्रविधिको विकास भएको छ । यसको कारण पछि सम्मा सबैले थाहा पाउने नै छ । त्यति मात्र हैन । महाभुकम्पको दस्तावेज स्वरुप फिल्म माई लभ पनि समझनामा रहनेछ । बैशाख १२ को विनाशकारी भुकम्पले धराहरा ढलेको देखी विभिन्न साँस्कृतिक तथा ऐतिहासि र धार्मिक स्थलहरु प्नि द्धस्त भए । कति जन धनको क्षति भयो । यी सबै तथ्य फिल्म माई लभले प्रस्तुत गरेको छ । भूकम्पले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा गरेको क्षतिसँगै भूकम्पका समयमा सुरक्षाकर्मी र उद्दारकर्मीहरुले खेलेको प्रशंसनीय भूमिका फिल्ममा देखाईएको छ । माइ लभ चलचित्रले आफ्नो देशको महत्वपूर्ण सम्पदास्थलहरुको महत्व दर्शाउदै तिनीहरुको पुनर्निर्माण र संरक्षण गर्नु सबै नेपालीको दायित्व रहेको सन्देश दिइएको छ । चलचित्रमा धरहरा ढल्दै गरेको दृश्यलाई पनि जीवन्त रुपमा देखाइएको छ भने भूकम्पले तहसनहस पारेको काठमाडौंलाई वास्तविक रुपमा प्रस्तुत गरिएको छ । पछिल्ला पिँढीले फिल्म माई लभ हेरेपछि २०७२ बैशाख १२ को भुकम्प नियाल्न सक्नेछन् । भुकम्प जाँदा देशको परिस्थीती, समस्या र अवस्थालाई फिल्म माई लभले बोलेको छ । य कारण पनि निर्माण टिमले फिल्म माई लभलाई भुकम्पको एक दस्तावेज पनि भनिएको छ । आउँदो मंसीर २९ गतेबाट देशव्यापी रुपमा यो फिल्म लाग्दैछ । भुकम्पको सेरोफोरोलाई पुन स्मरण गराउन र कतिपय संरचनाहरु द्धस्त भएको भिडियो हेर्न पनि माई लभ हेन उपयुक्त हुने निर्माण टिमको दावी रहेको छ ।

निर्माण टिमले काठमाडौंमा प्रचारलाई तिब्र बनाईएको छ भने काठमाडौं बाहिर २२ गते देखी २८ गतेसम्म विभिन्न शहरहरुमा पुगेर प्रचार गरिने बताईएको छ । मोफसल प्रचारको लागि माई लभ टिम २२ गते हेटौंडा हुदै चितवन, बुटवल, नेपालगञ्ज र पोखरा जाने तयारी भएको फिल्मका मूख्य कलाकार तथा निर्माता गणेश लामाले बताईएको छ । जापानी निर्देशक डा.तोसिआकी इतोहले निर्देशन गरेको चलचित्रमा गणेश लामा, नयाँ अनुहार शितल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका रहेको छ । यस्तै नेपाली कलाकारहरु चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेतको अभिनय हेर्न पाइनेछ ।

तपाईको प्रतिक्रिया