पोखरा, २१ मंसिर (रासस) : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कास्कीमा ६७ प्रतिशत मत खसेको छ ।

मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन कार्य शुरु भइसकेको र मध्यरातसम्म सबै केन्द्रका मतपेटिका जम्मा गरिसक्ने क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले बताउनुभयो । उहाँका अनुसार भोलि सर्वदलीय बैठक बसी मतगणना कार्य शुरु गरिने छ ।

तपाईको प्रतिक्रिया