धनगढी, २१ मंसिर (रासस) : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कैलालीमा करिब ६७ दशमलव ५५ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

निर्वाचन सम्पन्न भएसँगै जिल्लाका अधिकांश मतदानस्थलबाट मतपेटिका संकलन गरेर सदरमुकाम धनगढी ल्याउने कार्य शुरु भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले जानकारी दिनुभयो ।

जिल्लाका क्षेत्र नं ४ र नं २ का दुर्गम र भौगोलिक रुपले विकट क्षेत्रका मतदानस्थलका मतपेटिका भने भोलि मात्रै आइपुग्ने जनाइएको छ । दुर्गम क्षेत्रका कतिपय मतपेटिका ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्ने तयारी गरिएको छ ।

दलीय सहमतिपछि मतगणना गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया