ताजा खबर :- आयुर्वेदिकका अनुसार नीमको पातमा एन्टीबायोटिक, एन्टीब्याक्टेरियल र एन्टी एलर्जी हुन्छ यसले हामीलाई प्रदुषणको साथै अन्य किटनाशक रोगहरूबाट बचाउँछ । नीमको पातको उपयोगबाट हुने फाइदाका बारेमा हामी सबैलाई जानकारी भएकै कुरा हो तर यसको प्रयोग गर्ने तरिका सायद कमैलाई थाहा होला ।

कसरी प्रयोग गर्ने जान्नुहोस्:-

छाला रोग- चिलाउने, घमौरा, एग्जिमा, सोराइसिस र कुष्ठ आदि छाला सम्बन्धी रोगमा नीमको पातको लेप बनाएर लगाउँदा फाइदाजनक हुन्छ ।

मधूमेह- मधूमेहबाट पीडित रोगीले बिहान खाली पेट ६-७ नीमको पात र ८-१० नीमको दाना सेवन गर्नुपर्दछ । यसले सुगरको स्तर कम हुन्छ ।

पेटको लागि- ग्यास्ट्रिक, अल्सर र पेटको समस्याको साथै टीबी र यूरिन इन्फेशन हुँदा नीमको पातलाई खाली पेट चपाउँदा आराम मिल्छ । पेटको सफाईको लागि पनि यसको उपयोग हुन्छ । वसन्त ऋतुमा नीमको ३-४ कलिलो पात चपाउँदा टाइफाईड, दादुरा र जन्डिस जस्ता संक्रमित रोगबाट पनि छुटकारा मिल्छ ।

कपालको लागि- नीमको सुख्खा पातलाई पिसेर मेहेन्दी, अमला, रीठा, शिकाकाईमा मिलेर कपालमा एक घण्टा लगाएर धुनुहोस् । यसले कपाल कालो, मुलायम र चायारहित हुन्छ ।

श्याम्पूमा प्रयोग- फलामको भाँडामा अमला, रीठा, शिकाकाई, एलोभेराको साथमा नीमको पातलाई १-२ रातको लागि भिजाउनुहोस् । यसपछि उमालेर छान्नुहोस् र चिसो गरी श्याप्मूको रूपमा प्रयोग गर्नुहोस् ।

तेलमा प्रयोग- फलामको भाँडामा २०० ग्राम नरिवलको वा तोरीको तेलमा २ मुठ्ठी नीमको पातको पेस्ट, अमला, एलोभेरा र दानामेथी मिलाएर तातो गराउनुहोस् र चिसो भएपछि प्रयोग गर्नुहोस् ।  हप्तामा २ पटक यस तेलले टाउको मसाज गर्नुहोस् ।

कीटनाशक उपयोग- नीमको पातलाई पानीमा उमालेर नुहाउँदा शरीरको किटाणु नष्ट हुन्छ । नीमको पातलाई पेस्ट बनाई चन्दन पाउडर र गुलाब जलको साथमा २०-३० मिनेटको लागि अनुहारमा लागाउनुहोस् र धुनुहोस् ।

तपाईको प्रतिक्रिया