ताजा खबर :-लौका  एकदमै सहज रूपमा उपलब्ध हुने एक औषधीय गुणले भरिपूर्ण सब्जी हो । विभिन्न किसिमको रोगहरूमा यसको प्रयोग औषधीको रूपमा गरिन्छ । धेरैजसो मानिसहरू लौका खान त्यति रुचाउने गर्दैनन् । चिकित्सकका अनुसार, लौकामा प्रयाप्त मात्रामा पौष्टिक तत्वहरू रहेको हुन्छ, यसकारण लौकालाई धेरै पकाउँदा पौष्टिक तत्वहरू नष्ट हुन्छ । विभिन्न किसिमको गम्भीर रोगहरूमा लौकी एक अचूक उपायको रूपमा काम गर्छ । आज हामी लौकीको गुणको बारेमा बताउँदैछौँ, जसको अनेकौँ रोगहरूलाई नष्ट गर्न मद्दत गर्छ ।

लौकाको सेवनले हुने फाइदाहरू:-

लौकामा वजन कम गर्ने गुण हुने गर्छ । नियमित रूपमा लौकीको जूस पिउने, यसलाई उमालेर खाने वा कुनै पनि विधिद्वारा लौकाको सेवनले अन्य चीजको तुलनामा तीव्र रूपले वजन कम गर्छ ।

लौकामा प्राकृतिक पानी प्रयाप्त मात्रा हुन्छ यसकारण यदी तपाई यसको नियमित सेवन गर्नुहुन्छ भने चाँडो अनुहारमा चमक आउँछ ।

लौकाको जूसलाई केही मात्रामा हातमा राखेर वा एक स्लाइस काटेर अनुहारमा मसाज गर्नाले अनुहारको सौन्दर्यता बढ्छ ।

लौकामा विभिन्न किसिमको भिटामिन, प्रोटिन हुन्छ । यो क्याल्शियम, आयरन, म्याग्नेशियम, पोटाशियम र जिंकको भण्डार हो, जसले शरीरको विभिन्न किसिमको रोगहरूबाट सुरक्षित राख्छ ।

 पाचन क्रियाको लागी लौकी एक अचूक उपाय हो यसको जूसमा विभिन्न यस्ता पोशाक तत्व हुन्छ, जसले कब्जियत र ग्यास्ट्रिकको समस्यालाई जरैदेखि नष्ट गर्न सहयोगी हुन्छ ।

 मधुमेह रोगीले यदी हरेक दिन बिहान खाली पेट लौकाको जूस पिउन शुरू गरेमा  उनीहरूको लागि यो निकै लाभदायक सावित हुनसक्छ ।

 मुटुरोगको लागि लौका निकै फाइदायुक्त सब्जी हो । लौका कोलेस्ट्रोल स्तर कम राख्न पनि सहयोगी हुन्छ ।

तपाईको प्रतिक्रिया