ताजा खबर :- चुम्बन गर्नु प्रेमको अनुभूतिलाई अझै मधुर बनाउनु हो । प्रेमलाई थप बलियो बनाउन चुम्बनभन्दा अर्को कुनै पनि उपाय छैन । एक प्रेमले भरिएको चुम्बनले दिनभरिको थकान र तनावबाट छुटकारा दिई एक सुन्दर एवम् शान्तिपूर्ण संसारमा लैजान्छ । तर के तपाईलाई थाहा छ, चुम्बनले प्रेमको साथ-साथै भावनालाई पनि प्रस्तुत गर्दछ अर्थात् हरेक अंगमा अलग-अलग भावनाले चुम्बन दिने गरिन्छ । कुन-कुन अंगमा कुन भावनाले चुम्बन गरिन्छ, जसको यस्ता कारणहरू छन् ।

१- गालामा चुम्बन

गालामा चुम्बन गर्नु निकै सामान्य कुरा हो । प्रेमलाई व्यक्त गर्नको लागि यस किसिमको चुम्बन गरिन्छ । यसकारण गालामा चुम्बनले कसैप्रति आफ्नो स्नेह दर्शाउँछ ।

२- निधारमा चुम्बन

निधारमा चुम्बन गर्नुको अर्थ तपाईको साथ तपाईलाई भन्न चाहन्छ कि ऊ तपाईको साथमा सधैँको लागि छ । प्रायजसो ठूला मानिसहरूले निधारमा चुम्बन दिने गर्दछन् । निधारमा चुम्बनले तपाईको तनावलाई कम गर्छ र तपाईलाई भित्रै देखि एक अनौठो ऊर्जा र आत्मविश्वास दिन्छ ।

३- हातमा चुम्बन

यदी कोहि तपाईको हातमा चुम्बन गर्छ भने उसले तपाईलाई माया गर्छ । हातमा चुम्बन कसैको प्रशंसाको लागि पनि गरिन्छ । आफ्नो राम्रो भावनालाई व्यक्त गर्नको लागि पनि हातमा चुम्बन गर्ने गरिन्छ ।

४- पेटमा चुम्बन

यदी कसैले तपाईको पेटमा चुम्बन गर्न चाहन्छ भने उ रोमान्स गर्नका लागि  तयार भैसकेको छ । पेटमा चुम्बनले तपाईलाई तीव्र यौन इच्छा उत्पन्न गर्छ ।

तपाईको प्रतिक्रिया