काठमाडौं। नेपाली काँग्रेसका र्चित नेता गगन थापाले काठमाडौँको क्षेत्र नम्बर ४ मा रहेको मैतिदेवी मन्दिरको मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदान गर्न जानुअघि नेता थापाले गरेको ट्विटले अहिले चर्चा पाइरहेको छ ।

मतदान गर्न जानुअघि आफ्नो परिवारसँगै भएको फोटो पोस्ट गर्दै गगनले लेखेका छन् ‘मेरो राजनीतिक संकल्प भनेको हाम्रा छोरीहरुको पुस्तालाई सुखी र सम्पन्न नेपाल हस्तान्तरण गर्नु हो। म मेरो भोट उनीहरू प्रति समर्पित गर्न चाहन्छु। आज भोट हाल्न जानु पुर्व छोरीहरुको शुभकामना लिंदैस्’ जुन ट्विट अहिले भाइरल बनिरहेको छ ।

तपाईको प्रतिक्रिया