१- पानी

दिनभर हरेक घण्टामा सिमित पानी अवश्य पिउनुहोस् । भोजन गर्नुभन्दा पहिले र भोजन पश्चात् थोरै मात्रामा पानी पिउनुहोस् । यसले पाचन प्रक्रिया सन्तुलित ढंगले हुन्छ ।

२- भोकभन्दा कम खानुहोस्

एकै पटक धेरै खाना खानु हुँदैन तर जति भोक छ त्यो भन्दा कम खानुहोस् । यसो गर्दा पाचन सही तरिकाले हुने र शरीरमा बोसो जम्मा हुँदैन । यसको साथै रातीको खानामा सलाद, फल वा तरल पदार्थको सेवन गर्नमा ध्यान दिनुहोस् ।

३- टुक्रामा खानुहोस्

आफ्नो कूल खानालाई तीन वा चार पटक थोरै-थोरै मात्रा खानुहोस् । बिहानको नास्ता, दिउँसोको खाना र रातीको खानाको बीच केहि न केहि हल्का-फूलका खाइरहनुहोस् । यसमा तपाई फल, सलाद वा सूप पनि समावेश गर्न सक्नुहुन्छ ।

४- रातीको खाना

रातीको खाना र सुत्ने समय बीच दुई देखि तीन घण्टाको अन्तर राख्न आवश्यक हुन्छ किनभने भोजनलाई पच्न सजिलो हुन्छ । यस समयमा तपाई घरको सानो-तिनो काम वा पैदल हिड्न शुरू गर्नुहोस जसले पाचन प्रक्रिया राम्रो हुन्छ ।

५- प्रयाप्त निन्द्रा

निन्द्राको कमि र अधिक निन्द्रा दुवै हानिकारक हुन्छ र मोटोपनलाई अनियन्त्रित गर्न मद्दत गर्छ । शारीरिक क्रियालाई सहज रुपमा कार्य गर्नका लागी ६ देखि ८ घण्टाको निन्द्रा आवश्यक पर्दछ । कम निन्द्राले तनाव पनि बढ्न सक्छ । अधिकांश समयमा तनाव पनि मोटोपनको कारण हुने गर्छ ।

६- प्रोटिन र फाइबर

आफ्नो आहारमा प्रोटिन र फाइबरले भरिपूर्ण खानाहरू समावेश गर्नुहोस । यसले तपाईको पेट अधिक समय सम्म भरिएको महसूस हुन्छ जसले गर्दा तपाई अतिरिक्त क्यालोरी लिनबाट बँच्नु हुन्छ । यसको साथै फाइबरले उर्जा दिन्छ जसले सक्रिय रहन मद्दत गर्छ र तपाईको वजन कम हुँदै जान्छ ।

७- तातो पानी

बिहान खाली पेट मनतातो पानी पिउनाले पेटको बोसो कम हुन्छ । भोजन गरिसके पछि मनतातो पानीको सेवन गर्नाले बोसो जम्नबाट रोक्छ र पाचनक्रियामा मद्दत गर्छ । दिनमा दुई –तीन पटक मनतातो पानीको सेवनले तपाईको वजन चाँडो काम गर्छ ।

८- आराम

यदी तपाईको धेरै आराम गर्ने बानी छ भने यसबाट बँच्नुहोस् । अफिस वा घरमा लामो समयसम्म एकै ठाउँमा बसिरहनु हुँदैन । यसले शरीरको तल्लो भागमा बोसो जम्नसक्छ र पेटमा बोसो बढ्न सक्छ  । थोरै-थोरै समयमा उठेर घुम्ने गर्नुपर्दछ । यसो गर्दा शरीरमा बोसो जम्मा हुँदैन ।

तपाईको प्रतिक्रिया