काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनकै दिन एकाबिहानै काठमाडौंको नैकापमा बम बिष्फोट भएको छ। नैकापमा बाँसको झ्याङ्गमा बम पड्किएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रबिन्द्र धानुकले जानकारी दिए। काठमाडौं प्रहरी प्रमुख धानुकका अनुसार ‘घरहरु भन्दा टाढा ५ सय मिटर बम पड्किएकाले कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बम कस्ले पड्काएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । बम विप्लवकै कार्यकर्ताले नै पड्काएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाईको प्रतिक्रिया