बैतडी । गएराती बैतडी लगायतका आपासका जिल्लामा ५।५ रेक्टर स्केलको भूकम्प गएको छ । गएराती ९ बजेर ५ मिनेटमा बैतडीसहित प्रदेश नम्बर सातका जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ । दार्चुलाबाट २२ किलोमिटर पश्चिम भारत उत्तराखण्ड केन्द्र बनाएर उक्त भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएको कार्तिक २२ मा पनि भारत उत्तराखण्ड केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । भूकम्पबाट के कति क्षती भयो भन्ने विषयमा अझै केही खुली नसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया