काठमाडौं । दोस्रो चरणको निर्वाचन अन्र्तगत देशभरका ७ प्रदेशका ४५ जिल्लामा कडा सुरक्षा घेरा भित्र अहिले मतदान सुरु भएको छ । मतदाताहरु निर्धारित समयमा नै मतदान स्थलमा पुगेपछि मतदान सुरु भएको हो । निर्वाचन आयोगका अनुसार आज राजधानीसहित देशका पहाडी तथा तराईका ४५ जिल्लामा मतदान हुन लागेको हो। प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभातर्फ २५६ गरी जम्मा ३८४ निर्वाचन क्षेत्रका लागि मतदान हुँदै छ। १५ हजार ३४४ मतदान केन्द्रमा बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ।

दोस्रो चरण निर्वाचनमा प्रतिनिधिसभातर्फ १३० महिलासहित एक हजार ६६३ र प्रदेशतर्फ २२० महिलासहित दुई हजार ८१९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। पहिलो चरण निर्वाचनमा दुवैतर्फ गरी ७०२ जना मैदानमा थिए। बहालवाला प्रधानमन्त्रीका साथै पूर्वप्रधानमन्त्रीहरू प्रतिस्पर्धामा भएकाले यो निर्वाचन सबैको चासोको विषय बनेको छ। मतदानमा १५२ जना तेस्रोलिंगीसहित १ करोड २२ लाख ३५ हजार ९९३ जनाले मताधिकार प्रयोग गर्दै छन्। जसमा पुरुष मतदाता धेरै छन्।

६१ लाख ७१ हजार २ सय पुरुष मतदाता छन् भने महिला ६० लाख ६४ हजार ६४१ छन्। यस निर्वाचनमा सबैभन्दा धेरै मोरङमा ६ लाख ४४ हजार ७८२ मतदाता छन् भने सबैभन्दा तेह्रथुममा ६६ हजार ६६७ मतदाता छन्। निर्वाचनमा प्रतिनिधिसभातर्फ ५२ र प्रदेशतर्फ ४८ दल सहभागी छन्। समानुपातिकतर्फ ५३ दलको प्रनिनिधित्व छ।

यि हुन आज मतदान भइरहेका ७ प्रदेशका ४५ जिल्लाहरु

प्रदेश नं १ : इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी प्रदेश नं २ : सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट प्रदेश नं ३ : सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुर प्रदेश नं ४ : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङ्जा र पर्वत प्रदेश नं ५ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम),पाल्पा, अर्घाखाँची, गुल्मी रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँकेर बर्दिया प्रदेश नं ६ : सल्यान, सुर्खेत र दैलेख प्रदेश नं. ७ : कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटी

तपाईको प्रतिक्रिया