ताजा खबर:- दुनियाभरिमा ब्ल्याक टी को बिक्री ७८% छ । यसको खपत मुख्य रूपमा पश्चिमी देशहरू र एशियाली देशहरूमा रहेको छ । ब्ल्याक टी केमिला साइनिस प्लान्टको पातबाट तयार हुन्छ, हुनत: यस वृक्षबाट ग्रीन टी पनि तयार हुन्छ तर जुन किसिमले ब्ल्याक टी को प्रक्रिया हुन्छ, त्यसमा निकै अन्तर रहेको हुन्छ । अधिकांश मानिसलाई यो जानकारी हुँदैन कि यस वृक्षको पात र स्टेम को उपयोग पनि विभिन्न औषधीको रूपमा तयार गरिन्छ । विभिन्न एन्टीअक्सीडेन्टको उपस्थितिले ब्ल्याक टी लाई एक फाइदाजनक पेय पदार्थ बनाउँछ ।

रोग प्रतिरोधक शक्ति बढाउँछ

ब्ल्याक टी मा पाइने टेनिन नामक एक पदार्थले चिसो, फ्लू, हेपेटाइटिस र पेचिशको भाइरसको विरुद्ध लड्छ । यो विभिन्न संक्रमण र रोगहरूसँग लड्छ ।

कार्डियोभस्कुलर स्वास्थ्यमा सुधार

ब्ल्याक टी मा एन्टीअक्सीडेन्ट हुन्छ, जसले रगतको थक्कालाई कम गर्न मद्दत गर्छ । खराब कोलेस्ट्रोलको स्तर कम गर्न र धमनीको कामकाजमा वृद्धि गर्छ । यसमा मैंगनीज र पोलीफेनोल पनि समावेश हुन्छ, जो कार्डियक मांसपेशीको लागि राम्रो हुन्छ ।

त्वचाको संक्रमणलाई रोक्छ

विभिन्न भिटामिन्स र खनिजहरूले भरिपूर्ण ब्ल्याक टी ले त्वचालाई पोषण प्रदान गर्छ । यसले कालो दाग-धब्बालाई कम गर्छ, त्वचालाई संक्रमणबाट बचाउँछ, बढ्दो उमेर समस्यालाई रोक्छ । आँखाको तल चियाको थैली राख्दा पनि कालो घेरा र सूजन कम हुन्छ ।

पाचन तन्त्र सन्तुलित राख्छ

ब्ल्याक टी मा पाईने टेनिन, आन्द्रा र ग्यास्ट्रिक समस्याहरूलाई टाढा राख्छ । केवल दिनभरिमा एक कप चियाको सेवन गर्दा पाचन तन्त्रमा सुधार आउँछ ।

क्यान्सर रोक्छ

ब्ल्याक टी मा पाईने एन्टी-अक्सीडेन्ट र पोलीफेनोल्स, क्यान्सर हुनसक्ने आशंकालाई रोक्छ र शरीरको फोक्सो, डिम्बग्रन्थी र मूत्राशयको क्यान्सरबाट बचाउँछ । साथै यस चियामा रहेको टिएफ-2 ले क्यान्सर कोशिकालाई नष्ट गर्छ । यसले ओरल क्यान्सरको खतरालाई पनि कम गर्छ ।

मस्तिष्क स्वास्थ्यमा सुधार

ब्ल्याक टी मा अमीनो एसिड एल-थेनीन हुन्छ, जसले एकाग्रता ल्याउन मद्दत गर्छ । मानसिक सतर्कतामा सुधार गर्छ र स्मरण शक्ति बढाउँछ । यसले तनावको स्तर पनि कम गर्छ र तपाईलाई आराम गर्न मद्दत गर्छ ।

कपाल झर्ने समस्यालाई रोक्छ

ब्ल्याक टी मा पाईने एन्टीअक्सीडेन्ट र केफिन कपालमा डीएचटी हार्मोनलाई कम गर्छ । ब्ल्याक टी को नियमित खपतले कपालको गुणमा सुधार ल्याउँछ । कपाल मजबूत र क्षति मुक्त बनाउँछ । यसले कपाल झर्ने समस्यालाई कम गर्छ ।

वजन कम गर्छ

यदि अतिरिक्त वजन घटाउन चाहनुहुन्छ भने ब्ल्याक टि को सेवन गर्नुहोस् । यसले पाचन प्रक्रियामा सुधार ल्याउँछ, जसले वजन कम गर्न मद्दत गर्छ । जबकि ब्ल्याक टी ले कयौँ स्वास्थ्य लाभ प्रदान गर्छ । यसको सेवन एक सामान्य मात्रा सम्म सिमित गर्नुपर्दछ । लगभग दिनमा २-३ कप भन्दा बढी सेवन गर्नु हुँदैन ।

उर्जावान राख्छ

ब्ल्याक टी मा केफिन हुन्छ, जसले तपाईको दक्षता बढाउँछ र दिनभर सक्रिय राख्छ । 

तपाईको प्रतिक्रिया