सबैले जानेको कुरा हो, टुथपेस्टको काम दाँत स्वस्थ राख्ने तथा टल्काउने हो । तर, कमैलाई थाहा होला, टुथपेस्टको काम दाँतबाहेक अन्य प्रयोजनमा पनि छ । यस्ता छन्, टुथपेस्टका केही फरक काम, नयाँ पत्रिकाबाट लिएका छाैंः – शरीरको छाला जल्यो भने टुथपेस्ट लगाइदिनुहोस्, दुख्न कम हुन्छ । फोका पनि उठ्न दिँदैन ।

– अनुहारमा डन्डिफोरले सताएको छ भने हरेक दिन राति सुत्नुअघि टुथपेस्ट लगाएर छोडिदिनुहोस् र बिहान उठेपछि पखालिदिनुहोस्, ठीक हुँदै जान्छ ।

– कपडामा लिपस्टिकको दाग लागेको छ र सजिलै गएन भने टुथपेस्ट लगाएर धुनुहोस्, पूरै दाग हट्छ ।

– काँचको टेबलमा चियाकप राख्दा दाग बस्यो भने टुथपेस्टले सफा गर्नुहोस्, तुरुन्तै हट्छ ।

– कागतीसँग मिलाएर टुथपेस्टको फेसप्याक बनाउनुहोस् र अनुहारमा लगाउनुहोस्, डार्क सर्कल र मरेका छाला हटाएर अनुहार नरम र गोरो बनाउँछ ।

– गहना कालो भएको छ भने टुथपेस्ट लगाएर चम्काउन सक्नुहुन्छ ।

– बच्चाले भित्ता कोरेर फोहोर पारिदिएका छन् भने टुथपेस्ट लगाएर हटाउन सक्नुहुन्छ ।

– मेनिक्योर र पेडिक्योरका लागि पार्लर जानु पर्दैन । पानीमा टुथपेस्ट घोलेर घरमै यो काम गर्न सक्नुहुन्छ ।

– घरको ऐना निकै फोहोर छ भने टुथपेस्टले सफा गर्नुहोस्, टिलिक्क टल्किन्छ ।

तपाईको प्रतिक्रिया