ताजा खबर:- गाजरको जुसमा आवश्यक पोषक तत्व, भिटामिन र खनिज हुन्छ, जसको फलस्वरूप कयौँ स्वास्थ लाभ हुन्छ । आजको वर्तमान व्यस्त जीवनशैलीमा गाजरको जुस शरीरको लागि एक पोषण युक्त पेय पदार्थ हो, जुन अधिक सुविधाजनक तरिकाले तयार हुन्छ । यहाँ गाजरको सेवनले मिल्ने स्वास्थ लाभको बारेमा चर्चा गरिएको छ ।

पोषण तथ्य

एक गाजरको जुसको एक कपमा ९४ क्यालोरी हुन्छ । वास्तवमा यो एक अद्भूत स्वास्थ्य पूरक जुस हो, जसको सम्पूर्ण क्यालोरी काउन्टमा केवल ३% फ्याट हुन्छ (जसमा संतृप्त, मोनोअनसेचुरेटेड र पोलीअनसेचुरेटेड फ्याट हुन्छ) र बाँकीमा ८८% कार्बोहाइड्रेट र ९% प्रोटिन हुन्छ । यसकारण यदि तपाई दिनहुँ एक कप गाजरको जुस सेवन गर्नुहुन्छ भने बीटा क्यारोटिनको रूपमा फाइबर, सोडियम, पोटाशियम, प्राकृतिक चीनी, भिटामिन सी, भिटामिन के, आइरन र भिटामिन ए को साथमा आफ्नो शरीरलाई पोषण प्रदान गर्नुहुन्छ ।

स्वास्थ्य लाभ

१)रोग प्रतिरोधक शक्ति बढ्छ

गाँजरको रस भिटामिन ए को समृद्ध स्रोत हो । यसले शरीरको रोग प्रतिरोधक शक्ति बढाउँछ । यो एक प्राकृतिक इम्यूनिटी बूस्टरको रूपमा कार्य गर्छ ।

२)आँखाको लागि लाभदायक

गाजरको जुसमा पाईने बीटा क्यारोटिन आँखाको लागि राम्रो मानिन्छ । आँखाको दृष्टिलाई सुधार्नको लागि यसको सेवन निकै लाभदायक हुन्छ ।

३)मुटु रोग

बीटा क्यारोटिन मुटुको स्ट्रोकको सम्भावनालाई कम गर्छ । वास्तवमा यसले शरीरको आन्तरिक अंगलाई स्वस्थ राख्छ र घातक संक्रमणलाई रोक्छ ।

४)कोलेस्ट्रोलको स्तर कम गर्छ

यो गाजरको जुसको सबैभन्दा अविश्वसनीय लाभ हो, यसमा 0 मिलीग्राम कोलेस्ट्रोल हुन्छ र पोटाशियमको उपस्थिति शरीरको कोलेस्ट्रोल स्तरलाई अझ कम गर्छ ।

५)स्वस्थ शरीर

कलेजोको स्वास्थ्यको लागि गाजरको जुस अत्यन्त लाभदायक हुन्छ, यसमा पाईने पोटाशियमले फ्याट र पित्तको उत्पादन कम गर्छ ।

६)मधुमेहको सुरुवातलाई रोक्छ

म्याग्नेशियम र मैंगनीजको साथ पोटाशियम रगतमा ग्लूकोजको स्तरलाई अस्थिरतालाई नियन्त्रण गर्छ र मधूमेहको जोखिमलाई कम गर्छ ।

७)रक्तचापलाई नियन्त्रित गर्छ

अनुसन्धानमा सावित भएको छ कि पोटाशियम युक्त आहार व्यक्तिको रक्तचापको स्तरलाई प्रभावित गर्छ र उच्च रक्तचापको घटनालाई कम गर्छ ।

८)चाँडो घाउ भर्छ

गाजरको जुसमा पाइने भिटामिन सी ले घाउ भर्ने प्रक्रियामा सुधार ल्याउँछ ।

९)दाँतको स्वास्थ्यमा सुधार

गाजरको जुसको सेवनले दाँतलाई बलियो बनाउन र गिजालाइ स्वस्थ राख्नका लागि फाइदाजनक हुन्छ ।

१०)कब्जियतको समस्याबाट छुटकारा

गाजरको जुसमा महत्वपूर्ण तेल हुन्छ, जसले पेटको कोलोन र म्यूकसको झिल्लीलाई प्रभावित गर्छ । यसकारण यसले पाचन प्रक्रिया सन्तुलित राख्छ र कब्जियतको समस्याबाट आराम दिलाउँछ।

११)गर्भवती महिलाहरूको लागि लाभदायक

गाजरको जुस गर्भवती महिलाहरूका लागि निकै उपयोगी हुन्छ किनकी यो पौष्टिक महत्वमा अति उच्च हुन्छ र आमाको गर्भमा रहेको बच्चाको जन्म अघि विकासमा मद्दत गर्छ ।

१२)जवान राख्न मद्दत गर्छ

गाजरमा पाईने भिटामिन सी ले शरीरमा कोलेजन उत्पादनलाई बढाउँछ र व्यक्तिलाई फिट राख्न र लामो समय सम्म जवान राख्न मद्दत गर्छ ।

१३)हड्डीको स्वास्थ्यको लागि

गाजरमा भिटामिन के पाईन्छ, जसले हड्डी र शरीरको अन्य टिश्युको लागि उपयोगी हुन्छ ।

तपाईको प्रतिक्रिया