भोजन पश्चात् डकार आउनु यसलाई पाचनसँग जोडिएर हेर्ने गरिन्छ तर पटक-पटक बिना कुनै कारण डकार आउनु चिन्ताजनक हुनसक्छ ।

१- कयौँ पटक खानपानको गलत तरिका पनि डकार आउने कारण बन्छ । तेलमा तारेको चीज, कोल्डड्रिंक, फूलगोभी, सिमी, ब्रोकोली आदि खाँदा पेटमा ग्याँस बन्छ । जुन डकार आउने कारण हुनसक्छ । यी चीजलाई राती खानु हुँदैन ।

२- लामो समय सम्म कब्जियतको समस्या बनिरहनु पनि अत्यधिक डकार आउने एक प्रमुख कारण हो । यस अवस्थामा पहिले कब्जियतको समस्याबाट छुटकारा पाउनु पर्दछ ।

३- पटक-पटक डकार आउने एक प्रमुख कारण अपच पनि हो । यदि तपाईले खाएको खाना पाचन क्रियामा ढिलो भएमा यो समस्या हुनु सामान्य कुरा हो ।

४- अधिकतम समयमा पेटमा ग्याँस उत्पन्न गरी यस किसिमको समस्यालाई निम्त्याउँछ । जस्तै:- गिलासले पानी पिउनुको साटो माथिबाट पिउनु, खाना खाँदा कुरा गर्नु, बलगम आदि कारणले पेटमा हावा गएर ग्याँस उत्पन्न गर्छ र यो समस्या हुन्छ । यसलाई ऐरोफेस भनिन्छ ।

५- जब ग्याँसको कारणले तपाईको पाचन तन्त्र गडबड हुन्छ भने एच पायलोरी नामक ब्याक्टेरियाको कारण पेप्टिक अल्सरको समस्या उत्पन्न हुन्छ । जसको कारण डकार आउनु साथ-साथै पेटमा दुख्ने कारण पनि हुनसक्छ ।

तपाईको प्रतिक्रिया