डडेल्धुरा, २० मंसिर – प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले छैटौं पटक आफ्नो जन्मथलो रुवाखोलाबाट मतदान गर्दै हुनुहुन्छ ।

विसं २०४८ यता भएका सबै निर्वाचनमा अशिग्राम माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्दै आउनुभएका प्रधानमन्त्री देउवा यस पटकको निर्वाचनमा पनि सोही केन्द्रबाट मतदान गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री देउवाले अक्षर आरम्भसमेत तत्काल रहेको अशिग्राम प्रावि (हालको मावि) बाट नै गरेको उहाँका आफन्तजनको भनाइ छ ।

प्राविसम्म रहेको सो विद्यालयलाई माविसम्म पु¥याउन प्रधानमन्त्री देउवाले नै पहल गर्नुभएको स्थानीय चेतराज भट्टले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवासँगै उहाँकी धर्मपत्नी तथा कैलाली क्षेत्र नं ५ बाट प्रतिनिधिसभा उम्मेदवार बन्नुभएका डा आरजु देउवा राणाले पनि सोही मतदानस्थलबाट मतदान गर्ने प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया