बेसार र मह, यो दुवै पौराणिक समयदेखि औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ र साथै स्वास्थ्यसँग आधारित यसको फाइदा पनि रहेको छ ।  बेसार र महलाई मिलाएर खानाले हुनसक्ने केही विशेष लाभहरू यस्ता छन् । जान्नुहोस यसको लाभहरू-

१- बेसार र महको मिश्रणले श्वास सम्बन्धी समस्याहरूलाई समाधान गर्दछ । यस्ता समस्या भएमा यस मिश्रणको सेवन दिनमा 3 पटक आधा चम्मचको मात्रामा गर्नुहोस् । एक हप्तासम्म यसको सेवन गर्नु फाइदायुक्त हुन्छ ।

२- यदि तपाई निम्न रक्तचापको रोगि हुनुहुन्छ भने बेसार र महको मिश्रण निकै लाभदायक हुन्छ तर यसको अत्यधिक मात्रामा प्रयोग गर्नुहुँदैन ।

३- मधुमेह रोगीका लागी यो मिश्रण अति नै लाभदायक सावित हुन्छ । विशेषगरी अमलाको रसको साथमा यसको सेवन गर्दा मधूमेहको स्तरमा कमी आउँछ । बेसारको सेवनले मात्र पनि सुगरलाई नियन्त्रण गर्दछ ।

४- रुघाखोकीको समस्या हुँदा मह र बेसारको मिश्रण आधा चम्मच खानुहोस् र केहि समय सम्म पानी नपिउनुहोस् । यदी तपाई चाहनु हुन्छ भने यसको साथमा तुलसीको प्रयोग गर्न सक्नुहुन्छ । भोजन पश्चात् बेसारको सेवन मृगौला र फोक्सोको लागी निकै लाभदायक हुन्छ ।

५- छालाको समस्याहरू जस्तै:- दाग-धब्बा, चाउरीपन र टाटो आदिबाट छुटकारा पाउनको लागी बेसार, मह र गुलाबजललाई एकै साथ मिश्रण गरी लेप बनाउनुहोस् । यस लेप अनुहारमा हल्का सुख्छ र यसपछि मनतातो पानीले मुख धुनुहोस् ।

तपाईको प्रतिक्रिया