कहिले-कहिँ केही स्वास्थ्य समस्याहरूले गर्दा मुखको स्वादमा परिवर्तन हुन्छ तर यसको कारणबारे हामी सचेत हुँदैनौँ । तपाईले पनि कहिले-कहिँ मुखमा तितोपन वा कडापन महसूस गर्नु भएको होला । स्वास्थ्यको भलाईका लागी तपाईलाई यसको कारणहरू थाहा हुनुपर्दछ । जान्नुहोस्, यी ५ कारण जसले गर्दा मुखको स्वाद खराब हुन्छ ।

१- अनुचित समयमा मसलायुक्त भोजन, आवश्यक भन्दा अधिक खाना, उच्च र बोसोयुक्त पदार्थको सेवन मुखको स्वादमा परिवर्तन गर्ने सामान्य कारण हुन् । कुनै समय त पेटमा रहेको अम्ल घाँटीमा फिर्ता आउने हुन्छ, जसको कारण मुखको स्वाद खराब हुन्छ ।

२- औषधीको अत्यधिक सेवनले पनि मुखको स्वाद खराब हुन्छ । धेरै पटक तितो औषधीको मात्र प्रयोगले मुखमा खराब स्वाद हुने गर्दछ ।

३- दाँतमा यदि कुनै प्रकारको समस्या छ भने यसले पनि तपाईको मुखको स्वादलाई बिगार्न सक्छ । पायरिया अल्सर, बंगारामा संक्रमण र नयाँ दाँत लगाउनाले पनि मुखमा हुने तितो स्वादको मुख्य कारण हुनसक्छ ।

४- केही स्वास्थ्य समस्या जस्तै:- मधुमेह, जन्डिस, ज्वरो, लिभर एवम् किड्नीको समस्याको कारणले पनि रोगीको मुखको स्वाद खराब हुनसक्छ । यसकारण जाँच गराउन निकै आवश्यक हुन्छ ।

५- महिलाहरूमा यो समस्या केही विशेष कारणले जस्तै:- गर्भावस्था, हर्मोनल असन्तुलन, एस्ट्रोजन( Estrogen)को स्तरमा परिवर्तनको कारण पनि  हुनसक्छ ।

यसकारण चिकित्सकको सल्लाह लिनु ठिक हुन्छ ।

तपाईको प्रतिक्रिया