यदि तपाईको पेटमा कहिले-कहिँ तीव्र दुखाई हुन्छ र यो अपेन्डिसाइटिसको कारण हो भने तपाई सचेत रहन अति आवश्यक पर्दछ । यदी सहि समयमा यसको उपचार नहुँदा यो पेटमा फुट्न सक्छ । हुनत: अपेन्डिक्सको हरेक अवस्थामा यस्तो हुँदैन तर लामो समयसम्म यसको जाँच नभएमा यस खतरालाई बढाउन सक्छ । यी ५ लक्षणद्वारा जानकारी राख्नुहोस् ।

१- जब तपाईको पेटमा तीव्र र असहनीय दुखाई हुन्छ, जुन पहिला कहिल्यै भएको थिएन भने यसको तुरुन्त जाँच गराउनुपर्दछ । नाइटो भन्दा तल र दाहिने तर्फ हुने दुखाई पनि अपेन्डिक्सको दुखाई हुनसक्छ । यसको दुखाई असहज रूपमा हिड्दा, खोक्दा वा कारमा बस्दा कुनै उकालोमा उफ्रिदा पनि अचानक हुनसक्छ ।

२- यदी तपाईको पेटको दाहिने तर्फ तीव्र दुखाईको साथ-साथै उल्टी, खानामा अरुचि वा भोकमा कमी महसूस गरिरहनु भएको छ भने यो अपेन्डिक्सको खतरनाक लक्षण हुनसक्छ ।

३- धेरै मानिसलाई अपेन्डिसाइटिस नाइटो देखि तलको हड्डी (pelvis) को तल पनि हुन्छ जसको कारण यो मूत्राशयको नजिक हुन्छ । यस्तो अवस्थामा मूत्राशय अपेन्डिक्सले संक्रमित भएमा तपाईलाई पटक-पटक पिसाब आउने समस्या हुने र पिसाब गर्दा दुख्ने समस्या हुन्छ ।

४- ज्वरो आउनु वा चिसो लाग्नु जस्ता समस्याले तपाईको शरीरमा कुनै पनि प्रकारको संक्रमणको इशारा गर्दछ । यदि तपाई अपेन्डिक्स संक्रमित हुनुहुन्छ भने तपाईको शरीर विभिन्न किसिमले रसायनलाई बाहिर निकालेर यसको संकेत दिन्छ । यस्तो अवस्थामा तपाईको पेटमा सम्बन्धित दुखाईको साथै ज्वरो एवम् अन्य समस्या पनि भैरहेको छ भने चिकित्सक कहाँ तुरुन्त जाँच गराउनुपर्दछ ।

५- यदि तपाई धेरै समय अन्योलमा रहन थाल्नु भैरहेको छ र मस्तिष्कले ध्यान केन्द्रित गर्न सकिरहेको छैन भने यो इन्फेक्शन बिग्रनाले हुनसक्छ । यस स्थितिमा इन्फेक्शन बढेर शरीरको अन्य भागलाई रगतको माध्यमले प्रभावित गर्छ र रगतमा अक्सिजनको मात्रा पनि कम हुन्छ । यो अपेन्डिसाइटिस को मात्र लक्षण नभई अन्य गम्भीर समस्या पनि हुनसक्छ ।

तपाईको प्रतिक्रिया