एजेन्सी । के तपाईको कानमा बाक्ला र बाहिरै देखिने कसिमका ढाडा ढाडा रौँ छन् । छन् होशियार ।

तपाईले शर्तकता अपनाउनुपर्ने एक अध्ययनको निष्कर्ष छ । बेलायतमा हालै गरिएको एक अध्ययन अनुसार कानमा रौं आउनु एक खतरनाक रोगको लक्षण हो । अध्ययनले कानमा ढाडा ढाडा बाक्ला रौँ उम्रेका मानिसहरु हृदयरोगबाट पीडित हुने गरेकाले बेलैमा शर्तक हुन आग्रह समेत गरेको छ ।

कानमा रौं आउनुको समस्या आजको समयमा जेनेटिकभन्दा बढि भागदौडयुक्त जीवनका कारण हुने गर्दछ । त्यस्तै धुम्रपान र मध्यपान गर्ने मानिसलाई पनि यो समस्या बिस्तारै बढ्दै जान्छ । अनुसन्धानका अनुसार मानिसको कान र हृदयघातको सम्बन्ध गहिरो हुने हुँदा त्यसको प्रत्यक्ष वैज्ञानिक असरहरु हुनेगरेको उक्त अध्ययनको निष्कर्ष छ ।

तपाईको प्रतिक्रिया