एजेन्सी । भारतीय चर्चित हाँस्य अभिनेता कपिल शर्माको नयाँ फिल्म फिरंगी नचलेपछि कपिल तनावमा देखिएका छन् । कपिल स्वयम्ले प्रोडयूस गरेको फिल्मले खासै ब्यापार गर्न नसकेपछि उनी अहिले डिप्रेसनको शिकार बनेका छन् । पछिल्लो समय घट्दो क्रममा रहेको आफ्नो क्रेजलाई यस फिल्मले पुन फर्काउने आशा गरिएपनि यसअघि पनि डिप्रेशनको शिकार बनेका कपिल फेरी सोही समस्याले ग्रसित बनेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

पहिलो दिन २ करोड कमाएको फिरंगीले एकसतामा जम्मा १० करोडको मात्रै ब्यापार गरेपछि उनी अत्तालिएका छन् । फिल्म फ्ल्प भएपछि कपिल सार्वजनिक कार्यक्रममा देखि नै छाडेका छन् ।

तपाईको प्रतिक्रिया