धरान । पछिल्लो समय कोक र रियल अनि चाउचाउ खानमा तल्लिन बाँदरले बम समेत बोक्न थालेको छ । अपत्यारिलो यो खबर धरानको हो । धरान( धनकुटा सडक अन्तर्गत धरानको सानिमा बैंकको अगाडि बम भेटिएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई त बोलायो तर नेपाली सेना आइपुग्नु अगावै बाँदरले उक्त बम टिपेर लगेपछि सेना तथा प्रहरी आश्चर्यमा परेका थिए । घटना हो गएरातीको । गएराती करिब १२ बजे नै राखिएको थियो । उक्त बम आज बिहान नेपाली सेना र प्रहरीको टोलीले बिहान डिस्पोज गर्ने तयारी गर्दैगर्दा बाँदरले टिपेर लगेको हो । बाँदरले लगेको बम खोजी गर्दै जादाँ ‘मलाई नागरिकता चाहिन्छ, नागरिकता नदिए धरान बजारभरी बम पड्काइदिन्छु र ध्वस्त बनाइदिन्छु भन्ने लेखिएको कागज र केही शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया