एजेन्सी । जन्मदै दुईवटै खुट्टा खराब भएपनि कृत्रिम खुट्टाको मार्फत कमाल गरिरहेकी सुन्दरी हुन् एमी मुलिन्स अमेरिकन एथलेटिक्स् खेलाडी हुन् । शरीर, मष्तिष्क र मन सफा र तन्दुरुस्त भएकी उनी कृत्रिम खुट्टाको मद्धतले संसारको ध्यान आँफुतिर खिचन सफल भएकी छिन् । ४१ वर्षकी सुन्दरीका पछि कैयौँ पुरुषहरु पछि लाग्ने गरे पनि उनी आँफुजस्तै अपांगहरुका लागी जिन्दगीमा केही गरेर देखाउने अठोटका साथ बाँचिरहेकी छिन् । एमी मुलिन्स एक वर्षको हुँदा उनका दुबै खुट्टा काट्नु परेको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

आफ्ना दुर्व खुट्टा नभएकी एमी मुलिन्स निकै उत्साहका साथ जिन्गी बाँचिरहेकी छिन् । जिन्दगीमा केही गर्न सक्दिन भन्नेहरुका लागी अमेरिकाकी यि सुन्दरी एक सफल उदाहरण हुन् । पिपुल्स म्यागेजिनले उनलाई विश्वकै ५० सुन्दरीमध्येमा एक भएको उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया