पेटमा अल्सर हुनु समस्या मात्र नभई खतरनाक सावित हुनसक्छ । यस समस्याको जानकारी हुने बित्तिकै उपचार शुरू गर्न अति आवश्यक हुन्छ । नत्र यसले आन्द्रामा क्यान्सर उत्पन्न गर्न सक्छ, जान्नुहोस् ।

पेटको अल्सर अर्थात् पेटमा हुने छाला वा घाउ जो फोका वा खटिरा बनेपछि हुन्छ । यस किसिमको समस्या प्रायजसो: खानपानमा गलत परिवर्तनको कारणले उत्पन्न हुन्छ । जुन कहिले-कहिँ घातक पनि सावित हुनसक्छ ।

सामान्यतया: अल्सर शरीरको भित्र सानो आन्द्राको शुरूवाती स्थानमा वा म्यूकल झिल्लीमा हुने छाला वा घाउ हुन्छ । यस किसिमको अल्सर पेप्टिक अल्सर वा ग्यास्ट्रिक अल्सर भनिन्छ । यसको मुख्य कारण पेटमा अम्ल बढ्नु, धुम्रपान एवम् नसायुक्त पदार्थको सेवन, अत्यधिक स्टिरोयड्सको सेवन, अनुवांशिक कारण, अत्यधिक तनाव वा खानपानमा असन्तुलन हुनु हो । हेलिकोबैक्टर पाइलोरी नामक जीवाणुको संक्रमण पनि पेटमा अल्सर हुने एक प्रमुख कारण हो ।

अल्सरको लक्षण- शुरूवाती चरणमा अल्सरको पहिचान गर्न थोरै गार्हो हुन्छ । यदी तपाईलाई यस किसिमको स्वास्थ्य समस्या छ भने यो अल्सरको लक्षण हुनसक्छ ।

१- अधिकांस मानिसलाई पटक-पटक डकार आउने समस्या हुन्छ । यो पेटको अल्सरको एक लक्षण पनि हुनसक्छ । यसकारण यस विषयमा थोरै सावधानी अपनाउनुहोस् ।

२- पेटमा कुनै पनि प्रकारको चोट वा दुखाई महसूस हुनु एवम् आन्द्रा पोल्ने जस्ता समस्या हुनु ।

३- पेटमा सूजन, छाती पोल्ने एवम् ग्यास्ट्रिकको समस्या हुनु ।

४- पेटको माथिल्लो भागमा दुखाई एवम् पोल्ने समस्या हुनु र तातो पानी पिउँदा असहज महसूस हुनु ।

५- दिसामा रगत देखिनु वा दिसाको रंग गाढा हुनु ।

६- खोकी लाग्दा रगत आउनु वा रगतको उल्टी हुनु ।

७- वजन कम हुनु र भोक नलाग्नु ।

घरेलू उपाय

१- जुवा कुसुम ( अन्य नाम जापा कुसुम वा घण्टि फुल) को रातो फुलहरूलाई पिसेर पानीको साथमा यसको शरबत बनाएर पिउनुहोस् । पेटको अल्सरको लागी यो एक उत्तम औषधी हो ।

२- गाईको दुधमा बेसारको केही मात्रा मिलाएर यसलाई दिनहुँ पिउनाले पनि पेटको अल्सरमा लाभ हुन्छ ।

३- बेलको जूस वा बेलको पातलाई पिसेर यसलाई पानीमा घोलेर बनाईएको पेयको सेवन गर्नाले पनि पेटको अल्सरमा लाभ मिल्छ ।

४- बदामलाई रातभर पानीमा भिजाउनुहोस् र बिहान यसलाई चबाउनुहोस् जसबाट यसको दुध पेटको छाला सम्म पुगोस् । यदी तपाई चाहनु हुन्छ भने बदामलाई दुधमा पिसेर यसको प्रयोग गर्न सक्नुहुन्छ । ५- केरा, नरिवल, पत्तागोभी, गाँजर र मेथिदानालाई कुनै पनि रूपमा सेवन गर्दा अल्सर रोगीका लागी लाभदायक हुन्छ ।

सावधानी- अल्सरबाट बँच्नका लागी अत्यधिक तेल, खुर्सानी, मसला, जंकफूड र कोल्डड्रिंकको सेवन गर्नुहुँदैन ।  तनावबाट बँच्नुहोस् र पैदल हिड्न वा व्यायाम गर्न शुरू गर्नुहोस् ।

तपाईको प्रतिक्रिया