खानाको साथ-साथै सलादमा प्याजको उपयोग गर्दा स्वाद र स्वास्थ्य दुवैका लागी फाइदाजनक हुन्छ । प्याज खानाले फाइदा हुनुको साथै प्याज लगाउदा अर्थात् छालामा रगड्दा पनि आश्चर्यजनक फाइदा मिल्छ । छालामा प्याज रगड्दा हुने ५ फाइदा यस्ता छन्, जान्नुहोस् ।

१- गर्मी मौसममा प्याजको उपयोग खानको लागी मात्र नभई छालामा रगड्नको लागी पनि गरिन्छ । यसले छालाको गर्मी शान्त हुने र शरीरको तापक्रम सन्तुलित बनिरहन्छ ।

२- खुट्टाको तल पोल्ने समस्याबाट बँच्नको लागी पनि पिसेको प्याज रगड्नु लाभदायक हुन्छ । यसले तपाईलाई लु लाग्नबाट पनि बचाउँछ ।

३- छालाको इन्फेक्शनलाई नष्ट गर्नको लागी पनि प्याजको रस वा पिसेको प्याज लगाउँदा फाइदा मिल्ने र छालामा हुने संक्रमण नष्ट हुन्छ ।

४- लामखुट्टेले टोक्दा सुन्निने वा त्वचामा सूजनको साथै रातो हुन्छ भने यसमा काटेको प्याज रगड्नाले सुन्निनबाट बँच्न सकिन्छ ।

५- टाउकोको छालामा प्याज रगड्नाले कपाल झर्ने समस्या कम हुन्छ । यसको साथै टाउकोमा जुम्रा परेको छ भने प्याजले रगड्नाले जुम्रा मर्छ ।

तपाईको प्रतिक्रिया