काठमाडौं । मंसिर २१ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै आन्तरिक उडान ७५ प्रतिशतले कटौती हुने भएको छ। दैनिक रुपमा ३ सय आन्तरिक उडान काठमाडौँबाट हुने भएपनि निर्वाचनको मुख्य दिन भने ७५ प्रतिशत उडान कटौती हुने भएपछि जम्मा ७५ हाराहारीमा उडान हुने हवाइ सेवा सञ्चालकले जानकारी दिएका छन्।

कटौती हुँदा चुनावको दिन बिहिबार काठमाडौंबाट बाहिर जाने र फर्कने गरी ७५ हाराहारीमा हुने बताइएको छ । भोली ४५ जिल्लामा एकसाथ निर्वाचन हुन गइरहेको छ ।

तपाईको प्रतिक्रिया