सामान्यतय: ३० देखि ३५ वर्षसम्म हड्डीहरूको घनत्व(density) बढ्छ । यस समयसम्म जो मानिसहरू स्वस्थ आहार सेवन गर्दछन्, उनीहरूको बोन हेल्थ पनि राम्रो रहन्छ र बढ्दो उमेरमा हड्डी सम्बन्धी समस्याहरू कम हुन्छ । जान्नुहोस्, ती कुन- कुन कुराहरू विशेष ध्यान दिई हड्डीलाई बलियो बनाउन सकिन्छ ।

– दुध वा दुधबाट बनेका चीजलाई आहारमा समावेश गर्नुहोस् । यसबाट क्याल्शियमको कमी पुरा हुन्छ । दिनमा कामको समयमा दुई पटक दुध पिउनुहोस् । दही, लस्सी, दुध, पनीर जस्ता चीजलाई सेवन गर्न सक्नुहुन्छ ।

– हरियो सागपातको अधिक सेवन गर्नुहोस् ।

– जंक फूडलाई आहारमा कम सेवन गर्नुहोस् ।

– राती सुत्नु भन्दा लगभग २ घण्टा पहिले खाना खानुहोस् ।

– लगभग एक घण्टा व्यायाम वा योग अवश्य गर्नुहोस् ।

– अधिकांश युवा अहिलेको समयमा जिम गरेर र सप्लीमेन्ट्सको सेवनले शरीर त बनाउँछन् तर उनीहरूको हड्डी कमजोर हुने गर्छ । यसकारण स्टेरोयड जस्ता सप्लीमेन्ट्स हटाउनु पर्दछ

– बिहानको समय घाममा बस्नुहोस् । बिहान 7 बजे देखि 11 बजेको बीचमा शरीरमा जुन घाम पर्छ, यसबाट भिटामिन डी बन्छ । आधा घण्टा सन एक्सपोजर लिँदा फाइदा हुन्छ । यसमा ४० प्रतिशत शरीर देखिएको हुनुपर्छ ।

हड्डी कम्जोर हुने कारण-

– मानिसहरू घामको सम्पर्कमा नआउनु ।

– बाहिर कामकाज कम गर्ने ।

– स्वस्थ खानाको साटो जंकफूड अत्यधिक खानु ।

– डायबिटीज, किड्नीको समस्या र पारिवारिक माहोलको कारणले पनि हड्डी कमजोर हुन्छ ।

तपाईको प्रतिक्रिया