आहारमा पिरो ल्याउने हरियो खुर्सानी स्वादको साथै स्वास्थ्यको लागी पनि धेरै  फाइदाजनक हुन्छ । हरियो खुर्सानीको सेवन स्वास्थ्यलाई विभिन्न तरिकाले स्वस्थ बनाई राख्नमा सहयोगी हुन्छ । यदी तपाईलाई अझै सम्म हरियो खुर्सानीको फाइदा बारे थाहा छैन भने यी १३ फाइदा अवश्य जान्नुहोस् ।

हरियो खुर्सानी विभिन्न पोषक तत्व जस्तै:- भिटामिन ए, बी6,सी, आयरन, कपर, प्रोटिन र कार्बोहाइड्रेटले भरिपूर्ण हुन्छ । यसमा बीटा क्यारोटिन, क्रीप्टोक्सान्थिन, लुटेन-जक्सन्थिन आदि स्वास्थ्यवर्धक चीजहरू प्रशस्त मात्रामा हुन्छ ।

१- रक्तचापलाई नियन्त्रण गर्न हरियो खुर्सानी निकै उपयोगी सावित हुन्छ । मधूमेह भएको अवस्थामा पनि हरियो खुर्सानीमा रक्तचापको स्तर नियन्त्रण राख्ने गुण हुन्छ ।

२- हरियो खुर्सानीमा एन्टी ब्याक्टेरियल गुण हुन्छ जसले कुनै पनि प्रकारको संक्रमणबाट शरीर र त्वचालाई रक्षा गर्छ । यसले त्वचाको लागी एन्टी इन्फ्लेमेटरी मेडिसिनको रूपमा काम गर्छ ।

३- हरियो खुर्सानीमा प्रयाप्त मात्रामा भिटामिन-सी हुन्छ जसले रोगहरूसँग लड्ने क्षमतामा वृद्धि गरी प्रतिरोधक क्षमतालाई बलियो बनाउँछ । हरियो खुर्सानीको सेवनले बन्द भएको नाक खुल्नु पनि यसैको एक उदाहरण हो ।

४- क्यान्सरसँग लड्न र शरीरलाई सुरक्षित राख्नको लागी पनि हरियो खुर्सानी निकै लाभदायक हुन्छ । यसमा भरिपूर्ण मात्रामा एन्टी अक्सिडेन्ट हुन्छ जसले शरीरलाई आन्तरिक रूपमा सफा राख्नुको साथै फ्री रेडिकलबाट जोगाई क्यान्सरको खतरालाई कम गर्छ ।

५-  यसको सेवनले फोक्सोको क्यान्सरको खतरा पनि कम हुन्छ । यसकारण धुम्रपान सेवन गर्ने मानिसले हरियो खुर्सानी आफ्नो भोजनमा प्रयाप्त मात्रामा सेवन गर्नुपर्दछ किनभने उनीहरूमा फोक्सोको क्यान्सरको खतरा सबैभन्दा अधिक हुन्छ ।

६- हरियो खुर्सानीको सेवनले स्मरण शक्ति बढ्छ । यसले मस्तिष्कमा एन्डोर्फिन संचार गर्छ जसले हाम्रो स्मरण शक्ति धेरै हदसम्म बढ्ने र तनावमुक्त रहन मद्दत गर्छ ।

७- वजन घटाउन पनि हरियो खुर्सानी तपाईको लागी लाभदायक हुनसक्छ । यसको प्रमुख कारण हरियो खुर्सानीमा क्यालोरी हुँदैन । यसको प्रयोगबाट तपाई पोषक तत्व प्राप्त गर्नुहुन्छ तर शरीरलाई क्यालोरी प्राप्त हुँदैन ।

८- भिटामिन-ई ले भरिपूर्ण हरियो खुर्सानी तपाईको त्वचाको लागी पनि फाइदायुक्त हुन्छ । यसले तपाईको त्वचालाई स्वस्थ बनाई राख्नुको साथै कसिलोपन ल्याउँछ जसले गर्दा त्वचा जवान र सुन्दर देखिन्छ ।

९- हरियो खुर्सानीको सेवनले पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरालाई कम गर्छ । वैज्ञानिक द्वारा गरिएको एक अध्ययनका अनुसार हरियो खुर्सानीको सेवनले प्रोस्टेटको समस्या पूर्ण रूपले समाप्त हुन्छ ।

१०- मुटुको लागि पनि हरियो खुर्सानी निकै लाभदायक हुन्छ । एक सोधका अनुसार हरियो खुर्सानीको सेवनले हृदय सम्बन्धी सम्पूर्ण रोगहरू निको हुने गर्छ । यसबाट रगत जम्ने वा ढिको पर्ने समस्या पनि समाधान हुन्छ ।

११- यसले तपाईको पाचन प्रक्रियालाई सन्तुलित बनाउँछ । हरियो खुर्सानीमा फाइबर्स राम्रो मात्रामा हुन्छ जसले भोजनको पाचन प्रक्रिया चाँडो हुन्छ ।

है।

१२- यसमा प्रचुर मात्रामा पाइने भिटामिन-सी ले चोट वा घाउ चाँडो भर्ने काममा सहायक हुन्छ । भिटामिन-सी हड्डी, दाँत र आँखाको लागी पनि फाइदाजनक हुन्छ ।

१३- आथ्रॉईटिस को रोगीको लागी पनि हरियो खुर्सानी अत्यन्तै फाइदाजनक हुन्छ । यसको साथै शरीरको अंगमा हुने दुखाई पनि कम गर्नमा सहायक हुन्छ ।

तपाईको प्रतिक्रिया