ताजा खबर:- वायू प्रदुषण रोगहरूको एक ठूलो कारण हुने गर्छ । गाडीमोटर र कारखानाको धुवाँ र धूलोको  कारणले अस्थमा, लंग्स डिजीज, हर्ट डिजीज जस्ता समस्या बढ्छ । यसकारण वायु प्रदुषणबाट बँच्नका लागि घरबाट बाहिर निस्कने समय मास्क लगाउनुपर्दछ या मुखमा रूमाल राख्नुपर्दछ । तर घर भित्र हावा कसरी शुद्ध राख्ने यो पनि एक ठूलो प्रश्न हो । भारतको पर्यावरणविद डा. सुभास सी. पाण्डेका भनाई अनुसार कयौँ यस्ता विरुवा छन्, जसले हावालाई शुद्धिकरण गर्ने काम गर्छ । यी बिरुवालाई यदि गमलामा लगाएर घरमा राख्न सकियो भने यो निकै हदसम्म वायू प्रदुषणलाई कम गर्न सहयोगी हुन्छ । यति मात्र नभई यी बिरुवाले साना स्वास्थ्य समस्याहरूको लागि पनि निकै फाइदाजनक हुन्छ । आज हामी यस्ता ७ बिरुवाको बारेमा चर्चा गर्दैछौँ, जसले घरको हावालाई शुद्धिकरण गर्छ ।

१-तुलसी

तुलसीको बिरुवाले दिन-रात अक्सिजन प्रदान गर्छ । प्रदुषण नियन्त्रण गर्छ र ब्याक्टेरियालाई नष्ट गर्छ । नकारात्मक ऊर्जालाई नष्ट गर्छ ।

स्वास्थ्य लाभ- रुघाखोकीज्वरोमा यसको गाढा झोल निकै फाइदाजनक हुन्छ । तुलसीको पातको रस छाला रोग र मुखको दुर्गन्धलाई हटाउँछ ।

२-एलोभेरा

हावा शुद्ध गर्नुको साथै यसमा प्रशस्त भिटामिन्समिनरल्सअमीनो एसिड्स र फाइबर्स हुन्छ ।

स्वास्थ्य लाभ- काटिने-पोल्ने समस्याको साथै कपाल र स्किनमा यसको जेल लगाउँदा फाइदा मिल्छ । यसको जूस पेटको लागि फाइदाजनक हुन्छ ।

३-सयपत्री फूल

यसले हावामा रहेको प्रदुषण कम गर्छ । यसको फूल र पातमा एन्टीबायोटिक गुणहरूले भरिपूर्ण हुन्छ । यसले लामखुट्टेलाई टाढा भगाउन मद्दत गर्छ ।

स्वास्थ्य लाभ- चोटफाटेकोरुखो छालाको समस्यामा फूलको रसले फाइदा पुर्याउँछ । पातको रसले कुल्ला गर्दा दाँतको दुखाईबाट आराम मिल्छ ।

४-चमेली

यसले हावाबाट टोक्सिन्स सफा गर्छ । यसको फूलहरूको वासना घरलाई सुगन्धित बनाउँछ ।

स्वास्थ्य लाभ- मुखको छाला निस्कनेपेटमा किरा हुँदा यसको पात चपाउँदा फाइदा मिल्छ । छाला रोग र टाउको दुख्ने समस्या हुँदा यसको फूलको लेपले फाइदा पुर्याउँछ ।

५-अनार

यसको बिरुवाले प्रदुषण कम गर्छ । यसमा भिटामिन A, C र र फोलिक एसिडको साथ एन्टी ब्याक्टेरियल र एन्टी भाइरल गुण पनि हुन्छ ।

स्वास्थ्य लाभ- यसको रस एन्टी एजिंग र एन्टी अक्सीडेन्ट गुणहरूले भरिपूर्ण हुन्छ । यसले रगत बढाउँछ । छाला स्वस्थ राख्छ र मोटोपन कम गर्न सहयोगी हुन्छ ।

६-लेभेन्डर

यसले घरको हावालाई सफा राख्नुको साथै वरिपरीको माइक्रो ब्याक्टेरिया र इन्फेक्शनलाई पनि नष्ट गर्छ । यसलाई लगाउँदा लामखुट्टे टाढा भाग्छ ।

स्वास्थ्य लाभ- फूलको रसले छाला रोगमा पनि फाइदा पुर्याउँछ । यसको वासनाले टाउको दुख्ने र माइग्रेन ठिक गर्छ । राम्रो निन्द्रा ल्याउन मद्दत गर्छ ।

तपाईको प्रतिक्रिया