ताजा खबर:- अनारको रस हेर्नमा केवल आकर्षक मात्र नभई वास्तवमा यो पोषण र स्वास्थ्य लाभले भरिपूर्ण हुन्छ । यो एन्टी-अक्सीडेन्टसको एक भरिपूर्ण भण्डार हुन्छ, जसले शरीरको मेटाबोलिज्मलाई बढाउँछ । आज हामी चर्चा गर्दैछौँ अनारको रसले हाम्रो स्वास्थ्यमा कसरी लाभ पुर्याउन सक्छ ।

पोषण तथ्य

१०० ग्राम अनारको रसमा ५४ क्यालोरी हुन्छ । यसमा शून्य कोलेस्ट्रोल हुन्छ, लगभग ०.३ ग्राम बोसो, ९ मिलीग्राम सोडियम, १३ ग्राम कार्बोहाइड्रेट, २१४ मिलीग्राम पोटाशियम र ०.२ ग्राम प्रोटीन समावेश हुन्छ । यसमा १% क्याल्शियम र म्याग्नेशियम पनि समावेश हुन्छ ।

स्वास्थ्य लाभ

अनारको वैज्ञानिक नाम पिकाका ग्रेनाटम हो । अनारको रुख प्राचीन काल देखि नै पाचन तन्त्रमा परजीवी, टैपवार्म आदिको लागि एक पारम्परिक उपायको रूपमा उपयोग गरिन्छ । यसको साथै कयौँ सस्कृतिमा लोक चिकित्साको रूपमा पनि उपयोग गरिन्छ । फलमा विभिन्न एन्टीअक्सीडेन्टस हुन्छ, जो एथेरोस्लेरोसिस अर्थात् धमनीहरू मोटो हुने प्रक्रियालाई ढिलो गर्छ । अनुसन्धानको अनुसार अनारको रसले मधुमेह रोगीहरूमा एथोरोस्लेरोसिसको प्रक्रियालाई कम गर्छ । यसको साथै यी एन्टीअक्सीडेन्ट केमिकल्स क्यान्सरले ग्रसित तन्त्रलाई बढाउँछ । अनारको बियाँ, जसलाई अरिल्सको नामले पनि चिनिन्छ ।

मुटु रोग

अनारको एक गिलास रसले हाम्रो मुटुलाई थकान महसूस हुन दिँदैन । अनारको रसमा पाईने पूनिक एसिड एक फ्याटी एसिड हो, जसले मुटु रोगको प्रक्रियालाई सुस्त बनाउँछ । 

स्तन क्यान्सर

विशेषगरी आधुनिक दुनियामा स्तन क्यान्सर महिलाको स्वास्थ्यको सबैभन्दा ठूलो समस्या हो । अनारमा एन्थोसायनिन स्तन क्यान्सरलाई बढ्नबाट रोक्छ । अनारको रसलाई क्यान्सरसँग लड्ने आश्चर्यजनक भोजनको रूपमा मानिन्छ । यसकारण प्रोस्टेट र कोलोनको क्यान्सरबाट ग्रसित रोगीहरूको लागि लाभदायक हुन्छ ।

स्वस्थ त्वचा

अनारको बियाँ र रस दुवै त्वचाको कोलेजनलाई राम्रो बनाउँछ, यसकारण यसले त्वचाको टोनलाई बलियो बनाउँछ । अनारको रस पिउँदा त्वचामा निखार आउँछ । यसले घाउलाई पनि चाँडो भर्न मद्दत गर्छ

डायरियाबाट बचाउँछ

अनारको रसले डायरियाको समस्याबाट छुटकारा दिलाउँछ । यसले वास्तवमा एन्जाइम स्रावित गर्छ, जुन पाचनको लागि लाभदायक हुन्छ । यदि तपाईलाई पाचन समस्या छ भने अनारको एक गिलास रसमा मह मिलाएर पिउनुहोस् ।

गर्भावस्थामा उर्जा बढाउँछ

एक गर्भवती आमाको शरीरको माग अनुसार सामान्य भोजन र पेय पदार्थको साथमा पुरा गर्न कठिन हुन्छ । अनारको रस गर्भवती आमाको लागि शक्तिशाली भोजन हो । यस रसमा क्यालोरीको सामग्री बढ्दो मेटाबोलिज्मको आवश्यकतालाई पूरा गर्छ । 

दाँत सड्ने समस्यालाई रोक्छ

यदि तपाई दाँतको नोक्सान बारेमा चिन्तित हुनुहुन्छ भने अनारको रस नियमित रूपमा पिउनुहोस् । यसको एन्टी भाइरल र एन्टी-ब्याक्टेरियल प्रभाव दाँतमा कम गरी दाँत सड्ने समस्यालाई नियन्त्रण गर्छ । यसले अन्य मुखको समस्यालाई पनि कम गर्छ, जस्तै मुखबाट दुर्गन्ध आउनु जसलाई हलिटोसिस पनि भनिन्छ ।

अत्यधिक यौन सक्रिय बनाउँछ

अनारमो रस पिउँदा तपाईको यौन सक्रियाता बढ्छ । नियमित रूपमा १५-२० दिनको लागि एक गिलास अनारको रस पिउँदा निश्चित रूपमा यौन क्षमता सक्रिय हुन्छ ।

एन्टी-इन्फ्लेमेटरी गुण

के तपाई सामान्य फ्लू वा घाँटीको समस्याले पीडित हुनुहुन्छ? अनारको रस यसको लागि एक प्रभावकारी उपाय हो । यसमा एन्टी-इन्फ्लेमेटरी गुण हुन्छ, जसले इन्फ्लेमेटरी अवस्थालाई रोक्छ र नियन्त्रित गर्छ ।

जोर्नीको रक्षा गर्छ

अनारको रसको सेवनले कार्टिलेज नष्ट हुनबाट रोक्छ । कार्टिलेज वास्तवमा हाम्रो शरीरको जोर्नी बिचको नरम अस्तर हो, जसले जोर्नी नष्ट हुनबाट रोक्छ ।  

एनीमियाबाट बचाउँछ

एनिमिया या कम हीमोग्लोबिन एक प्राथमिक रोग हो जसले थुप्रै अन्य रोगहरूलाई आमन्त्रण गर्छ । महिलाहरू जो विशेष रूपले एनीमियाले ग्रसित छन्, उनीहरूले दिनहुँ आहारमा अनारको रस पिउनुपर्दछ । यस फलमा आयरन अधिक मात्रामा हुन्छ, जसले शरीरमा हीमोग्लोबिनको स्तरलाई बनाई राख्छ ।

एन्टी-एन्जिंग प्रभाव

अनारको रसले त्वचाको रेशेज र चाउरीपनलाई कम गर्छ । यसकारण स्वस्थ त्वचाको लागि एक गिलास अनार रस दिनहुँ पिउनुपर्दछ ।

तपाईको प्रतिक्रिया