ताजा खबर:- भेली सेवन स्वास्थ्य र पाचनको लागि लाभदायक मानिन्छ, तर विशेषगरी जाडो मौसमा गुडको सेवन तपाईको लागी निकै फाइदाजनक हुन्छ । जाडो मौसमका दिनहरूमा भेली मानिसका लागि हरेक किसिमले फाइदाजनक हुन्छ । यसकारण भेलीको सेवनले मिल्ने यी ५ निकै उपयोगी फाइदा यस्ता छन् ।

१-भेली गरम प्रकृतीको हुन्छ, यसकारण जाडो मौसममा यसको सेवनले शरीरमा तातोपन प्रदान गर्न निकै उपयोगी हुन्छ । यस मौसममा भेलीको प्रतिदिन सेवनले रुघाखोकी र कफको समस्याबाट बचाउँछ ।

२-यस मौसममा सामान्यतय: रक्तसंचार निकै कम हुन्छ । तर भेलीलाई नियमित रूपमा सेवन गर्दा रक्तसंचारलाई सन्तुलित बनाई राख्न मद्दत गर्नुको साथै रक्तचापको समस्या पनि फाइदाजनक हुन्छ ।

३-यी दिनहरूमा घाँटी र फोक्सोमा संक्रमण चाँडो फैलिन्छ । यसबाट बँच्नको लागि भेलीको सेवनले निकै मद्दतगार हुन्छ । रुघाखोकी र संक्रमणको औषधीमा भेलीको प्रयोग गर्ने गरिन्छ ।

४-पाचन सम्बन्धि समस्याहरूको उपचारमा पनि भेलीको सेवन निकै लाभकारी हुन्छ । खाना खाइसके पछि थोरै भेलीको सेवन गर्दा पाचन प्रक्रियामा सुधार आउँछ ।

५-भेली म्याग्नेशियमको एक राम्रो स्रोत हो । भेली खाँदा मांशपेशीहरू, नसा र रक्त वाहिकाको थकानबाट आराम मिल्छ र रगतको कमीलाई पुरा गर्न पनि यो निकै मद्दतगार सावित हुन्छ ।

तपाईको प्रतिक्रिया