ताजा खबर:- चिसो मौसमको दिनहरूमा जोर्नी दुख्ने समस्या हुनुको साथै आर्थराइटिसको खतरा बढ्छ र यस सम्बन्धि समस्याहरू पनि उत्पन्न हुन्छ । यसबाट बँच्नको लागि कयौँ कुरामा ध्यान राख्न आवश्यक हुन्छ । जान्नुहोस्, अति आवश्यक ५ कुराहरू-

१-आर्थराइटिसको अलग-अलगमा प्रकार छ, जसमा आस्टियो आर्थराइटिस बुढेसकालमा हुने या डिजनरेटिभ आर्थराइटिस पनि भनिन्छ । त्यहीँ रिह्यूमाटोइड आर्थराइटिसमा दुखाई र पोल्ने समस्या एकैसाथ हुन्छ । यसको साथै गाऊ आर्थराइटिस यूरिक एसिडको असन्तुलनको कारण हुन्छ, जसले खुट्टामा सबैभन्दा अधिक दुखाई महसूस हुन्छ ।

२-आयुर्वेदका अनुसार, जोर्नी दुख्ने समस्याको प्रमुख कारण जोर्नीमा विषाक्त पदार्थ जम्मा हुनु हो । यसको प्रमुख कारण गलत वा अस्वस्थकर आहार सेवन गर्नु हो, जसले जोर्नीलाई निकै हद सम्म प्रभावित गर्न सक्छ ।

३-एकैसाथ डेयरी उत्पादन, फ्राइड र रिफाइन्ड फूड, ननवेज र जाँडरक्सी नियमित सेवन गर्दा पाचन प्रक्रियामा नकारात्मक असर पार्छ । जसको परिणाम स्वरूप टोक्सिन कोलनमा सड्न थाल्छ र रगतको माध्यमले पूरै शरीरमा फैलिन्छ । अन्त्यमा विषाक्त पदार्थ जोर्नीमा जम्मा हुन्छ ।

४-आयुर्वेदका अनुसार तीन किसिमको आर्थराइटिस हुन्छ, जुन वात, पित्त र कफको कारण हुन्छ । वात आर्थराइटिस, जसमा जोर्नी सुख्छ र हिडडुल गर्न कठिन हुन्छ । पित्त आर्थराइटिस, यसको कारणले जोर्नीमा सूजन, दुखाई र पोल्ने समस्या हुन्छ र कफ आर्थराइटिस ओभर इटिंग र अस्वस्थकर आहारको सेवनले हुन्छ ।

५-आयुर्वेदका अनुसार, आर्थराइटिसको उपचारमा सबैभन्दा पहिलो चरण कोलनलाई विषविहिन गर्नु पर्ने हुन्छ । यसको लागि खानामा फलफूल, सागसब्जीको जूस, तुलसीको चिया, हर्बल चिया र मासको खिचडी या दलियाको भरिपूर्ण सेवन गर्नुहोस् । 

तपाईको प्रतिक्रिया