कयौँ मानिसहरू कम उमेरमा नै कपाल सेतो हुने समस्याले पीडित हुने गर्छन् । यसलाई ढाक्नको लागी मानिसहरू मेहन्दी वा हेयर कलरको पनि प्रयोग गर्ने गर्दछन तर केहि समयमा नै कपाल फेरि सेतो हुने समस्या देखापर्छ ।

कपाल सेतो हुने विभिन्न कारणहरू हुनसक्छ । जसमध्ये केही कारण तपाईको खानपानमा निर्भर गर्दछ । यसकारण आज हामी चर्चा गर्दैछौँ ती कुन 5 चीज हुन्, जसका कारण तपाईलाई कपाल सेतो हुने समस्याबाट चिन्तित बनाउँछ ।

ननभेजबाट प्राप्त हुने प्रोटीन

प्रोटिन हाम्रो शरीरको लागी अत्यन्तै आवश्यक हुन्छ जसलाई हामी दुई किसिमले प्राप्त गर्न सक्छौँ । एक सागसब्जीबाट अर्को ननभेजको माध्यमले प्राप्त गर्छौं । जो मानिसहरू प्रोटीनको लागी ननभेजमा मात्र निर्भर रहन्छन् भने उनीहरूको शरीरमा युरिक एसिडको मात्रा बढ्छ । जुन कपाल सेतो हुने कारण बन्न सक्छ ।

चीनी र नून

कुनै पनि चिज शरीरमा अधिक हुँदा नोक्सान पुर्याउँछ । यस्तै चीनी र नूनको सन्तुलित ढंगले मात्र सेवन गर्नुपर्दछ । यी दुवैको अधिक मात्राले शरीरमा भिटामिन ई को मात्रा कम गर्छ, जसको कारणले कपालमा नकारात्मक असर पर्ने र कपाल सेतो हुन थाल्छ ।

अजीनोमोटोको सेवन गर्नु

फास्ट फूडमा मानिसहरू अधिक मात्रामा अजीनोमोटोको प्रयोग गर्दछन् । यसले सिधा रूपमा मेटाबिलिज्ममा खराब असर पर्छ । जसको कारण वजन बढ्ने र कपाल सेतो हुने समस्या हुन सक्छ ।

आर्टिफीसियल चीज खानु

बजारमा विभिन्न चीजलाई आर्टिफीसियल तरिकाले तयार गरिएको हुन्छ । जुन हेर्नमा तपाईलाई लोभ्याउने हुन्छ तर यसको माथि कलरिंग गरिएको हुन्छ । यस्ता चीजहरूको प्रयोगबाट टाढा रहनु नै फाइदायुक्त हुन्छ ।

मैदा

मैदाको अधिक सेवनले शरीरमा मेटिलिक आयरनको मात्रा बढ्छ । जुन सजिलै पच्न सक्दैन । यसकारण कपाल तीव्र रूपमा सेतो हुन थाल्छ ।

तपाईको प्रतिक्रिया