काठमाडौं । प्रेमगीत सिरिजमा खेलेर चर्चामा आएका स्टार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘लिलिबिली’ ३० चैत्रमा प्रर्दशनमा आउने भएको छ । हाल बेलायतका विभिन्न स्थानमा चलचित्रमा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की र अनुपविक्रम शाहीलगायतले अभिनय गरिरहेका छन् । अहिलेसम्म चलचित्रको ५५ प्रतिशत काम सकिएको निर्माता गोबिन्द शाहीले जानकारी दिए । चलचित्र बितरक समेत रहेका निर्माता शाहीले निर्माण गरेको फिल्मको पहिलो गीत क्रिसमसमा सार्वजनिक हुनेछ । चलचित्रलाई मिलन चाम्सको निर्देशन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया