काठमाडौं । केहीदिन यतादेखि सामान्य रुपमा घटेको सुनचाँदीको भाउ आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन को भाउ तोलामा १ सय रुपैयाँले घटेर तोलाको ५५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर तोलामा ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ छ । पछिल्लो केही दिनदेखि सुनचाँदीको भाउ घट्ने बढ्ने क्रम जारी रहेको छ ।

तपाईको प्रतिक्रिया