एजेन्सी । अर्जेन्टिनाका चर्चित फुटबलर तथा कप्तान लियोनेल मेसीको मुर्ति फेरि तोडफोड गरीएको छ । अज्ञात व्यक्तिद्वारा अर्जेनिटनाको राजधानी ब्युनोस आयर्समा स्थापना गरिएको उक्त मुर्ति तोडफोड गरिएको हो अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । यसअघि कोपा अमेरिकाको फाइनलमा पराजयपश्चात सन्यासको घोषणा गरेका मेसीलाई पुनः टोलीमा फर्काउन आग्रहसहित सन् २०१६ मा मेयर होरासियो रोड्रिगेज लारेटाले अनावरण गरिएको उक्त मुर्ति यसपटक पुरै तोडिएको छ। यसअघि क्रिस्टियानो रोनाल्डोको मुर्तिमा पनि मेसीका समर्थकले तोडफोड गरेका थिए । रियो डि ला प्लाटाको तटमा रहेको मेसीको मुर्ति फेरि तोडफोड गर्ने समुहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया