एजेन्सी । भारतीय फुटबलका कप्तान सुनिल क्षेत्री वैवाहिक बन्धनमा बाँधिएका छन्। नेपाली मुलका भारतीय फुटबल खेलाडी ३३ वर्षीय सुनिल क्षेत्रीले प्रेमीका सोनम भट्टाचार्यसँग गुडगाउँको एउटा होटलमा विवाह गरेका हुन् । लामो समय देखि सोनम भट्टाचार्यसँग प्रेममा रहेका क्षेत्रीले सोमबार हिन्दु परम्परा अनुसार विवाह गरेका हुन्।

मामाघर नेपालको झापा भएका फुटबलर सुनिल क्षेत्रीले मोहन बगानका पूर्व उत्कृष्ट खेलाडी सुब्रत भट्टाचार्यकी छोरी सोनमसँग उनले दुई साताअघि औंठी साटासाट गरेका थिए। कोलकतामा भएको विवाहमा कप्तान क्षेत्री नेपाली ढाका टोपीमा सजिएर घोडा चढि दुलही लिन गएका थिए। गुडगाउँको एउटा होटलमा विवाह समारोह भएको थियो। विवाहको अघिल्लो दिन क्षेत्रीले जनै लगाएको तस्बिर सार्वजनिक गरेका थिए।

तपाईको प्रतिक्रिया